नेपालमा विदेशी कामदारको संख्या बढदै, ८० भन्दा बढी देशका कामदार नेपालमा

४ बर्ष अगाडि

काठमाडौं – बिभिन्न क्षेत्रमा रोजगारीका लागि नेपाल आउने विदेशी कामदारको संख्या बढ्दै गएको छ । नेपालमा रोजगारी पाइदैन भनेर विदेशीने नेपाली कामदारको संख्या पनि बढ्दै गएको छ । त्यसको ठिक उल्टो नेपालमा पनि रोजागरी अवसर खोज्दै आउने विदेशी कामदारको संख्या बढ्दै गएको सरकारी तथ्यांक देखाउछ । तर, ठुलो संख्यामा भने विदेशी कामदार नेपाल आएका भने छैनन् ।
श्रम बिभागको तथ्यांकअनुसार चालु आवको माघसम्म ७८३ जना विदेशी कामदारले नेपालमा काम गर्न  नयाँ श्रम स्वीकृति लिएका छन् । साथै, ६२९ जना विदेशी कामदारले श्रम स्वीकृतिको नविकरण गरेका छन् । 
गत आवको सो अवधीमा ५३६ जना विदेशी कामदारले नयाँ श्रम स्वीकृति लिएका थिए । साथै, ४९२ जनाले श्रम स्वीकृतिको नविकरण गरेका थिए । आव २०७४÷७५ मा ९६७ जना नयाँ कामदार नेपाल आएका थिए । सो अवधीमा ५३५ जनाले 
नेपालमा बार्षिक १००० को हारहारीमा नयाँ कामदार नेपाल आउने गरेका छन् । गत आवमा ९६७ जना विदेशी नेपालमा काम गर्न आएका छन् । गत आवको ५३५ जनाले श्रम स्वीकृति नविकरण गरेका थिए ।
भारतीय कामदारले श्रम स्वीकृति नलिई नेपालको अनौपचारिक क्षेत्रमा काम गर्दै आएका छन् । त्यसैले गर्दा उनीहरुको तथ्यांक यसमा समाबेश छैन । भारत र नेपाल बीच भएको एक सम्झौताअनुसार एक अर्काको देशमा का गर्न भिषा, श्रम स्वीकृति लिन बाध्य छैन ।
नेपालमा ८० भन्दा बढी मुलुकका कामदार रहेको बताइएको छ । त्यसमा चीनेदेखि सबैभन्दा बढी कामदार आएका छन् । साथै, भारत लगायतका मुलुकबाट नेपालमा कामदार आएका छन् । तर, कुन देशको कति कामदार छन् भन्नेबारे बिभागसँग यकिन तथ्यांक भने छैन । साथै, सरकारसँग नेपालमा कति कामदार छन् भन्ने बारेपनि यकिन तथ्यांक छैन । हाल यस बिषयमा काम भइरहेको बिभागको भनाइ छ । 
नेपाल आएका कामदार मध्ये सबैभन्दा बढी सिमेन्ट उद्योगमा छन् । त्यस्तै, होटल, परियोजना निर्माण, बैंक लगायतका क्षेत्रमा विदेशी कामदार भएको बताइएको छ । विदेशी बैंक तथा कम्पनी, विदेशीको लगानी रहेको परियोजनाहरुमा विदेशी कामदार आएका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया