कोरोना भाइरसका कारण मंगलबार चीनमा ७१ मानिसको मृत्यु,  कोरियामा  ८ सय ९३ मानिसमा संक्रमण

४ बर्ष अगाडि

कोरोना भाइरस प्रकोपका कारण चीनमा आज मात्र ७१ मानिसको मृत्यु भएको छ । 

अन्तराष्ट्रीय समाचार माध्यमहरुका अनुसार भाइरसको केन्द्रबिन्दु रहेको हुवान सहरमा मात्रै आज ६८ मानिसको मृत्यु भएको छ । 

त्यस्तै, आज चीनमा मात्रै ५ सय ८ मानिसमा यसको संक्रमण रहेको पुष्टि भएको छ । 

चीनमा उक्त भाइरसका कारण अहिले सम्म २ हजार ६ सय ६३ मानिसको मृत्यु भइसकेको छ भने ७ठ हजार ६ सय ५८ मानिसमा यसको संक्रमण देखिएको छ ।

उता दक्षिण  कोरियामा पनि आज ६० मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यहाँ अहिले सम्ममा ८ सय ९३ मानिसमा संक्रमण रहेको पुष्टि भइसकेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया