मारुतीकाे भिटारा ब्रेजा पहिलाभन्दा भारू ४० हजार सस्तो

४ बर्ष अगाडि

मोटर कम्पनी मारुती सुजुकीले पहिलाको भन्दा ४० हजार भारु सस्तोमा चर्चित सब फोर मिटर एसयूभी ब्रेजाको फेसलिफ्ट मोडल विभिन्न नौ भेरियन्ट सार्वजनिक गरेको छ । 

मारुतीले म्यानुयलमा एलएक्सआई, भिएक्सआई, जेडएक्सआई, जेडएक्सआई प्लस र जेडएक्सआई प्लस (डियूलटोन) गरि ५ भेरियन्ट र अटोमेटिकमा  भिएक्सआई, जेडएक्सआई, जेडएक्सआई प्लस र जेडएक्सआई प्लस (डियूलटोन) गरि तीन भेरियन्ट सार्वजनिक गरेको हो । 

कम्पनीले ल्याएको नयाँ ब्रेजाको सुरुवाति भेरियन्ट पुरानो तुलनामा ४० हजार भारतीय रुपैयाँ सस्तो रहेको छ । कम्पनीका अनुसार पेट्रोल इन्जिनको सुरुवाति मूल्य ७ लाख ३४ हजार भारु र टप भेरियन्ट जेडएक्सआई प्लस (डियूलटोन) अटोमेटिक भेरियन्टको मूल्य ११ लाख ४० हजार भारु तोकिएको छ ।

हाइब्रिड टेक्नोलोजीको प्रयोग गरिएको नयाँ कारमा  इन्धन बचत, आइडियल स्टार्टरस्टप, टर्क एसिस्ट फङ्सन, ब्रेक इनर्जी रिजेनेरेशन जस्ता फिचर उपलब्ध रहेको कम्पनीले जनाएको छ । 

नयाँ ब्रेजाको १.५ लिटर के १५बी एसएचभीएस फोर सिलिण्डर पेट्रोल इन्जिनले १०५ पीएस पावर र १३८ एनएम टर्क प्रदान गर्नेछ । ५ स्पीड म्यानुयल र ४ स्पीड टर्क कन्भटर अटोमेटिक गियरबक्स दिइएको छ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया