औषधी होइन कोरोना भाइरसको खोप मात्र पत्ता लागेको दावी

फागुन १३, २०७६ | आजको अर्थ
ajaako_artha

चीनको हुबेईमा देखा परेर विश्वका विभिन्न मूलुकमा फैलिएको कोभिड १९ (कोरोना भाईरस)को औषधी पत्ता लागेको भनेर मंगलबार केही अनलाइनहरुले समाचार लेखेपछि समाचार पढ्ने धेरै नेपाली खुसी भएका छन् । 

नेपालमा भाइरसको संक्रमण फैलिनसक्ने त्रासमा बसेका जनता खुसी हुनु पनि स्वभाविक नै हो । 

तर औषधि पत्ता लागेको भन्ने समाचार नेपाली अनलाईनको भिजिटर बढाउने हल्लामात्र हो । 

विश्वभर २७०० भन्दा बढी मानिसको ज्यान लिएको कोरोनाको औषधी पत्ता लगाउन विश्वका वैज्ञानिकहरुले प्रयास त गरेका छन् । तर अहिले चीनकै टियानजिन विश्वविद्यालयले कोभिड १९ को खोप मात्र विकसित गरेको दावी गरेको हो ।  

चिनियाँ पत्रिका ग्लोबल टाइम्सका अनुसार विश्वविद्यालयका प्राध्यापक हुआङ जिन्हाईको अगुवाइमा ‘ओरल भ्याक्सिन’ अर्थात औषधिजस्तै खाने खोप विकास गरिएको हो । प्राध्यापक आफैंले खोप चार मात्रामा सेवन गरिसकेको र  त्यसबाट कुनै नकारात्मक असर नपरेको बताएको पत्रिकाले लेखेको छ । 

प्राध्यापक जिन्हाईले यो खोपले संक्रमित विरामीको उपचारमा समेत काम लाग्ने दाबी गरेका छन्।

विश्वविद्यालय अब क्लिनिकल परीक्षण र यसको प्रवर्द्धनका लागि साझेदारको खोजीमा रहेको ग्लोबल टाइम्सले उल्लेख गरेको छ। 

यो खोपको सार्वजनिक प्रयोग हुनका लागि अझै केही महिना पर्खनुपर्ने हुन्छ। खोप विकास गर्ने विधि अनुसार यसको क्लिनिकल परीक्षण निकै छिटो गरिए पनि अप्रिल वा मे महिनामा सुरु हुने चीनको राष्ट्रिय चिकित्सा आयोगले जनाएको छ। 

‘यो खोपले कोरोना भाइरससँग लड्न प्रतिरोधात्मक क्षमता विकास गर्छ’, विश्वविद्यालयलाई उद्धृत गर्दै ग्लोबल टाइम्सले लेखेको छ। औषधि अत्यन्त सुरक्षित, प्रयोग गर्न सजिलो र उत्पादन पनि पर्याप्त मात्रामा गर्न सकिन्छु प्राध्यापक जिन्हाईले बताएका छन्।

कोरोना भाइरसविरुद्धको खोपसँगै औषधिको विकास र अन्य अनुसन्धानमा पनि काम भइरहेको आयोगले जनाएको छ। 

डिसेम्बरमा चीनको हुबेईमा देखा परेको यो भाइरस संक्रमणबाट विभिन्न देशमा गरी अहिलेसम्म २७०० भन्दा बढी मानिसको ज्यान गइसकेको छ।

चीनबाहेक अन्य मुलुकमा ३७ जनाको मृत्यु र २४०० जनामा संक्रमण भएको छ। 

यस्तै ८० हजारभन्दा बढी संक्रमित छन्। दक्षिण कोरियामा ८९० मा संक्रमण भइसकेको छ भने इरान तथा युरोपेली मुलुक इटालीमा संक्रमण दर बढ्न थालेको छ।

विश्व स्वास्थ्य संगठनका अधिकारीहरूले यो रोगलाई महामारी घोषणा गर्न ढिला भइसकेको बताएका छन्। 

यसैबीच विश्व स्वास्थ्य संगठनको एक टोली इटाली पुगेको छ।

‘इटालियन अधिकारीहरूलाई सहयोग गर्न र अवस्थाबारे जानकारी लिन टोली इटाली पुगेको छ’, संगठनले भनेको छ ।

कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा नकारात्मक असर देखा पर्न थालेको छ। 

तर नेपालका केही अनलाइनले भने औषधी नै पत्ता लागेको भनेर जनतालाई भ्रम सिर्जना गरेका छन् । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२१.९०१२२.५०
European Euro१३२.५९१३३.२४
UK Pound Sterling१५०.७२१५१.४६
Swiss Franc१२५.५३१२६.१५
Australian Dollar७५.३६७५.७३
Canadian Dollar८७.०६८७.४९
Singapore Dollar८५.४३८५.८५