प्रशासकीय अधिकृत फसिने डरले अन्यत्र सरुवाका लागि दौडधूपमा

४ बर्ष अगाडि

काठमाडौं । स्थानीय तहमा राजनीतिक नेतृत्वले गैरकानुनी काम गर्न दबाब दिने क्रम बढेपछि प्रशासकीय अधिकृतहरू सरुवा माग्दै मन्त्रालय आउने क्रम बढेको छ । विभिन्न जिल्लाका नगरपालिका र गाउँपालिकाका मेयर तथा अध्यक्षले फिल्डमा काम नभए पनि कागजमा योजना सम्पन्न भएको भन्दै भुक्तानी गर्न दबाब दिन थालेपछि प्रशासकीय अधिकृत फसिने डरले अन्यत्र सरुवाका लागि दौडधूपमा लागेका हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार प्रशासकीय अधिकृत सरुवा माग्न आउने क्रम पछिल्ला दिनमा ह्वात्तै बढेको छ । ‘मेयर, अध्यक्षलगायत जनप्रतिनिधिले गैरकानुनी काम गर्न लगाए, यसरी काम गर्न सक्ने अवस्था रहेन त्यसैले सरुवा गरिदिनुप(यो भन्दै प्रमुख प्रशासकीय अधिकृत आउने क्रम बढेको छ,’ मन्त्रालयका कर्मचारी प्रशासन महाशाखाका एक अधिकारीले  भने । मन्त्रालयका अनुसार यो समस्या तराईका जिल्लामा अत्यधिक छ ।

मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव बाबुराम अधिकारीले प्रशासकीय अधिकृतले सरुवा माग्ने क्रम बढेकाले व्यवस्थापनमा केही समस्या परेको बताए । सहसचिव अधिकारीका अनुसार तराईका जिल्लामा प्रशासकीय अधिकृत भएर जान अधिकांशले अनिच्छा व्यक्त गर्ने गरेका छन् त्यसैले कतिपय स्थानीय तह निमित्तका भरमा सञ्चालन भइरहेको छ । राजधानी दैनिकमा खबर छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया