लुम्बिनी जनरल इन्स्योरेन्सको लिलामी शेयरमा आजदेखि आवेदन दिन सकिने

४ बर्ष अगाडि

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १ लाख कित्ता शेयर संस्थापक शेयर आजदेखि लिलामीमा आएको छ ।

इन्स्योरेन्सले गत कात्तिक २४ गतेदेखि मंसिर २९ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर बिक्री गर्न लागेको हो।

लिलामीमा राखिएको शेयर खरिदका लागि फागुन २१ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ।शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ ।

आवेदकले न्यूनतम १०० कित्ता वा सोभन्दा बढी अधिकतम सबै कित्ताका लागि बोलपत्र पेश गर्न सकिने बिक्री प्रबन्धकले जनाएको छ ।

कोषको शेयर बिक्री प्रबन्धकमा सिबिआईएल क्यापिटल लिमिटेड रहेको छ ।

बोलपत्र पेश गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुलेसिटिजन्स बैंकका विराटनगर, विरगंज, हेटौँडा, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सक्नेछन्।

४ बर्ष अगाडि

प्रतिक्रिया