चैतको पहिलो साता नेपाल राष्ट्र बैंक नयाँ गभर्नर पाउने

४ बर्ष अगाडि

अर्थ एवंम सञ्चारमन्त्री डा युवराज खतिवडाले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर आगामी चैतको पहिलो साताभित्र नियुक्त गरिने बताएका छन्। 

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री डा खतिवडा ले सो कुरा बताउनु भएको हो ।

हालका गभर्नर चिरञ्जीवी नेपालको कार्याकाल सकिनु अगावै नयाँ गभर्नर नियुक्त हुने उनले जानकारी दिए। सञ्चार मन्त्रालयको समेत कार्यभार सम्हाल्नु भएका मन्त्री खतिवडाले आफ्नै उदाहरण दिँदै अहिलेसम्म गभर्नर नियुक्तिमा एक महिना अघि नै नियुक्ति दिने चलन नभएको बताए । 

उनले भने, “म गभर्नर हुँदा पनि आफ्नो कार्यकाल सकिने भोलिपल्ट मात्र नयाँ गभर्नरको नियुक्ति भएको हो । समयभित्रै नियुक्त हुन्छ ।” राष्ट्रियसभा सदस्यको रुपमा तपाईँ रहनु हुन्छ कि हुँदैन भन्ने प्रश्नमा मन्त्री खतिवडाले भने, “यही फागुन २१ गते राष्ट्रियसभाका सदस्यको सपथ कार्यक्रम राखिएकाले सो अवधिसम्म प्रतिक्षा गर्न आग्रह गर्दछु ।”  

४ बर्ष अगाडि

प्रतिक्रिया