यसरी सजिलै लिन सकिन्छ नबिल बैंकबाट शैक्षिक कर्जा

५ बर्ष अगाडि

काठमाडौं–नबिल बैंकले उच्च शिक्षाको लागि विदेश जान चाहने विद्यार्थीहरुका लागि प्रदान गर्ने गरेको शैक्षिक कर्जाको प्रकृयालाई थप सहज बनाएको छ ।
 अब विद्यार्थीहरुले सम्बन्धित कलेज÷विश्वविद्यालयबाट भर्नाको लागि अफर–लेटर प्राप्त गर्नु अघि नै शैक्षिक कर्जाको लागि बैंकमा आवेदन गर्न सक्नेछन । 

विद्यार्थीहरुले प्रयासरत कलेज÷विश्वविद्यालयको पाठ्यक्रम र त्यसको लागि लाग्ने अनुमानित खर्च प्रष्टपार्ने कागजात सहित बैंकको कुनै पनि शाखामा सम्पर्क गर्न सक्ने जनाइएको छ । 

 यो नयाँ व्यवस्थाले शैक्षिक कर्जा सेवा प्रदान गर्न सहज हुने अपेक्षा बैंकले लिएको छ ।  

संशोधित शैक्षिक कर्जा प्रकृयाको वारेमा जानकारी गराउनको लागि बैंकले विभिन्न शैक्षिक परामर्शदाताहरुसँग २०७५–०५–०८ मा अन्तक्र्रिया कार्यक्रम सञ्चालन गरेको छ। 
 उक्त अन्तक्र्रिया कार्यक्रम बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्यालले उद्घाटन गरेका थिए कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह लगायत अन्य व्यवस्थापकहरुको उपस्थिति रहेको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया