सरकार र चिकित्सक बिच वार्ता निष्कर्षबिहीन

५ बर्ष अगाडि

सरकार र चिकित्सक संघबीचको वार्ता निष्कर्षबिहीन बनेको छ । भाद्र १ देखि लागू भएको मुलुकी अपराध संहिता० परिच्छेद १९ को ‘इलाज सम्बन्धी कसूर ’ सच्याउनु पर्ने माग गर्दै चिकित्सक संघले आन्दोलित बनेको छ । 
सरकार र चिकित्सकबीचको वार्ता सकियो तर कुरा मिलेन अब कहिले बस्ने भन्ने पनि टुंगो छैन । चिकित्सकहरुले भने सरकारलाई १५ दिने अल्टीमेटम दिँदा पनि कुनै निर्णय हुन नसकेको कारण आन्दोलनमा जानु परेको र सम्बोधनको हुने ठोस प्रतिबद्धता आएमात्रै आन्दोलन रोक्न सकिने अडान लिएका थिए । 
नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर मुक्तिराम श्रेष्ठले सरकारले माग पूरा हुने भरपर्दो आधार तयार नहुँदासम्म आन्दोलन जारी रहने बताए । योसँगै वार्ता कुनै सहमति बिनै टुंगिएको हो । 
आन्दोलनका कार्यक्रम अनुसार संघले देशभरका स्वास्थ्य संस्थाको प्रशासन ठप्प पारेको छ । 
चिकित्सकहरुले आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।
 

५ बर्ष अगाडि

प्रतिक्रिया