विद्युत् चोरी नियन्त्रण गर्न किन अनिच्छुक बन्दैछ प्राधिकरण

५ बर्ष अगाडि

 

काठमाडौँ । चोरी नियन्त्रणमा सुस्ताएको र भारतबाट विद्युत् खरिदमा मात्रै अग्रसर भएको भन्दै पछिल्लो निमा नेपाल विद्युत् प्राधिकरणको चर्को आलोचना भएको थियो ।

देशव्यापी रुपमा नै चोरी नियन्त्रणका लागि प्राधिकरण सुस्ताएकै थियो । गत आव करिब ३ प्रतिशत चुहवाट घटाउन सफल भएको भन्दै अर्को तर्फ प्राधिकरणको प्रशंसा भएपनि पछिल्लो ४ महिनामा प्राधिकरण करिब करिब चुपचापकै अवस्थामा रहेको थियो ।

प्राधिकरणले कुनै पनि चासो नदिदा समस्या बढेको चौतर्फी गुनासो आएपछि पछिल्लो १० दिनदेखि प्राधिकरण आक्रामक रुपमा चोरी तथा हुकिङ नियन्ज्त्रण अभियानमा लागेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बर्षमान पुनले सञ्चालनमा ल्याएको पैसा नलाग्ने ११५१ नम्बरको पैसा नलाग्ने हटलाइन नम्बरमा समेत देशव्इपा िरप्मा नै विद्युत् चोरी भइरहेको भन्दै गुनासो आएको थियो । हरेक शुक्रबार सञ्चालन हुने सो कार्यक्रममा मात्रै एक दर्जन बढी गुनासो चोरीसँग जोडिएका विषय उठेका थिए ।

देशव्यापी रुपमा नै चोरी बढेको गुनासो आएपछि प्राधिकरणले चोरी नियन्त्रण अभियानलाई पुनः अगाडि बढाएको छ । पछिल्लो १० दिनमा मात्रै प्राधिकरणले देशभर गरेको कारवाहीमा ७३० जना विद्युत् चोरीमा संलग्नलाई कारवाही गरेको छ ।

प्राधिकरणको ग्राहक सेवा निर्देशनलायका अनुसार प्राधिकरणको स्थानीय वितरण केन्द्र, नेपाल प्रहरी तथा अन्य सरोकार भएका निकाय तथा स्थानीय निकायको जनप्रतिनिधिको सहभागितामा चोरी नियन्त्रण अभियान प्रभचावकारी रुपमा सञ्चालन गरिएको छ ।

प्राधिकरणले पछिल्ला दिनमा विशेष गरी तराई मधेशका जिल्लामा चोरी नियन्त्रण अभियान सञ्चालनमा ल्याएको छ । ती जिल्लामा बर्षाको समयमा बढी गर्मी हुने र विद्युत् पनि बढी चाहिने भएकाले चोरी बढेको हुन सक्ने ठहर गर्दै सोही क्षेत्रमा नियन्त्रण अभियान अगाडि बढाएको हो ।

नियमित विद्युत चुहावट नियन्त्रणका क्रममा बिजुली चोरी गर्दै गरेको अवस्थामा कारबाही गरेको हो । मुर्गिया, सालझण्डी, बुटवल, देउदहलगायत स्थानमा हुकिङ तथा मिटर बाइपास गरेर विद्युत चोरी गर्ने ग्राहकलाई कारबाही गरिएको छ ।

गत  साउन १ देखि १५ गते अवधिमा चोरीमा संलग्नलाई कारबाही गरेर रु ३७ लाख ८७ हजार ८९ असुल गरिएको छ ।

५८ हजार ८ सय ५० ग्राहक रहेको वितरण केन्द्र अन्तर्गत ९.९२ प्रतिशत विद्युत चुहावट हुँदै आएको छ ।

यस्तै १२.५२ प्रतिशत रहेको चुहावट गत आवमा घटाएर ९.९२ प्रतिशतमा झारिएको छ  ।

विद्युतको बाँकी महसुल नतिर्ने ग्राहकको पनि लाइन काटेर कारबाही गरिएको ग्राहक सेवा निर्देशनलायले जनाएको छ ।

यस्तै  समयमा महसुल नबुझाउने १२५ घरको लाइन काटेर रु २३ लाख ९३ हजार २ सय ६७ असुल गरिएको छ ।

यस्तै केही ग्राहकको वर्गीकरण सुधार गरी रु १७ लाख १८ हजार ९ सय ८७ रकम उठाइएको छ ।

वर्षौदेखि महसुल नतिर्ने ग्राहकलाई कालोसुचीमा राखेर कारबाही गरी उनीहरुबाट रु ६३ हजार ८ सय ७२ बक्यौता उठाइएको प्राधिकरणले जनाएको छ ।

तर ललितपुर र भक्तपुरमा भने पछिल्लो दिनमा पुनः विद्युत् चोरी सुरु भएको छ । ती जिल्लामा गत वर्ष सञ्चालन गरिएको चोरी नियन्त्रण अभियान प्रभावकारी भएपनि पछिल्लो दिमना प्राधिकरणले लत्तो छाड्दा समस्या आएको बताइन्छ । चोरी नियन्त्रण र प्राविधिक चुहावट नियन्त्रण गरेर चुहावटमा कम्तीमा पनि १५ प्रतिशतमा सिमित गर्ने लक्ष्य राखिएको भएपनि प्रक्रिया भने अगाडि बढ्न सकेको छैन । 

५ बर्ष अगाडि

प्रतिक्रिया