यस्तो रहेछ गोविन्द केसीको नागरिकता, खुल्यो नयाँ रहस्य

६ बर्ष अगाडि

काठमाडौं– नागरिकता विवादमा फसेपछि प्रस्ट पर्ने प्रयासमा जुटेका प्रध्यापक डा.गोविन्द केसीको जन्ममितिबारे नयाँ रहस्य खुलेको छ । 

डा. केसीले यसअघि मेडिकल काउन्सिलमा पेस गरेको नागरिकता प्रमाणपत्रका विषयमा अर्को रहस्य खुलेको हो । डा. केसीले काउन्सिलमा पेश गरेको नागरिकतामा  उनको जन्ममिति अठार वर्ष लेखिएको छ भने पुरा जन्ममिति खुलेको थिएन  । उक्त नागरिकताको नम्बर १०१२ उल्लेख गरिएको छ ।  यस्तै नागरिकता मिति २०३१/०२/०९/०४  मा लिएको देखिन्छ |

जन्ममिति विवादमा फसेपछि डा. केसीले बुधबार एक पत्रकार सम्मेलनको आयोजना गरी शैक्षिक प्रमाणपत्रमा उल्लेख गरिएका फरक–फरक जन्ममितिका बारेमा स्पष्टीकरण दिएका थिए । डा.केसीको नागरिकता, एसएलसीको चारित्रिक प्रमाणपत्र र बढुवा फारममा फरक–फरक जन्ममिति भेटिएको थियो ।

डा. केसीको नागरिकतामा जन्ममिति २७ असोज २०१३ छ भने एसएलसीको चारित्रिक प्रमाणपत्रमा २४ माघ २०१३ रहेको पाइएको छ ।  उपप्राध्यापक रहँदा सहप्राध्यापकमा बढुवा हुनका लागि भरेको आवेदन फारममा जन्ममिति २७ मंसिर २०१३ उल्लेख छ । तर उनले घुमाउरो ढंगले फरक–फरक जन्म मितिलाई स्वीकार गरेका थिए । 

६ बर्ष अगाडि

प्रतिक्रिया