डलर बढेको बढ्यै, कति पुग्यो ?

५ बर्ष अगाडि

डलरको मूल्यमा दिनप्रतिदिन ऐतिहासिक रुपले बृद्धि हुँन थालेको छ । हरेक दिन जसो अमेरीकी डलरले आफ्नो रेकर्ड ब्रेक गरिरहेको छ । मंगलबारमात्र डलर इतिहासकै महंगो भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार एक डलरको बिक्रिदर ११४ रुपैयाँ २४ पैसा कायम भएको छ । यसको खरिददर भने ११३ रुपैयाँ ६४ पैसा रहेको छ ।  डलरको मूल्य बृद्धिसँगै नेपालको आयतमुखी अर्थतन्त्रलाई यसले चुनौती सृजना गरेको छ ।  
यद्यपि, देशको अर्थतन्त्रमा रेमिट्यान्सको योगदान पनि रहेकाले यसबाट फाइदा लिन सकिनेछ ।  डलर महंगो हुँदा मूल्य बृद्धि गराउँछ । चाँडबाँडहरु नजिकिरहेका छन् । यसले गर्दा यस पटकको दशै महंगो हुने देखिएको छ । सरकारले मूल्य बृद्धिलाई नियन्त्रण भित्र राख्ने भनेपनि दिनहुँजसो बढेको डलरको मूल्यले महंगी नियन्त्रण भन्दा बाहिर जाने देखिएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया