अब देशभित्रै रातको समयमा पनि हुनेछ उडान

५ बर्ष अगाडि

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ पनि रात्रि उडान गर्ने भएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्दप्र्रसाद अधिकारीले विमानस्थलबाट साँझ ५ः३० देखि राति ९ः०० बजेसम्म आन्तरिक उडान गर्न लागिएको जानकारी दिए । 

नेपाल पर्वतारोहण सङ्घले आज आयोजना गरेको कार्यक्रममा उनले भने, “अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालनपछि धेरै परिवर्तन आएको छ, हालै आन्तरिकतर्फ बिहान ५ बजेदेखि सेवा दिन शुरु गरिएको छ, अब छिट्टै नै साँझ ५ः३० देखि ९ः०० बजेसम्म आन्तरिक उडान शुरु हुन्छ ।” 

क्षेत्रीय हबका रुपमा रहेका विराटनगर, भैरहवा, नेपालगञ्ज र धनगढीमा रात्रि उडान गरिनेछ । झापाको चन्द्रगढी, जनकपुरलगायत विमानस्थललाई पनि रात्रि उडानका लागि प्राविधिक तयारी भइरहेको छ । ट्रङ्क रुटका विमानस्थलमा पनि अहिले उडानको चाप बढेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया