बढ्यो पेट्रोलियम पदार्थको मूल्य बढ्यो, अब उपभोक्ताले ग्यास किन्न पनि पैसा थप्नुपर्ने

५ बर्ष अगाडि

काठमाडौं–  नेपाल आयल निगमले  पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार बसेको निगम सञ्चालक समितिको बैठकले  पेट्रोलमा  रु १, डिजेल तथा  मट्टितेलमा रु  ३ बृद्धि गर्ने निर्णय गरेको छ । यस्तै ग्यासमा पनि  प्रति सिलिन्डर  रु  २५ बृद्धि भएको निगमले जनाएको छ । 

जसअनुसार अब उपभोक्ताले पेट्रोल प्रति लिटर रु  १ सय १२, डिजेल तथा मट्टीतेल प्रतिलिटर रु ९८ तिर्नुपर्नेछ  । यस्तै  ग्यासको मूल्य प्रति सिलिन्डर अब रु र १ हजार ४ सय रुपैयाँ हुने भएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया