विमानस्थल सफा गर्ने कर्मचारीलाई मास्क, चस्मा, पञ्जा छैन,  केमिकलको पनि अभाव

४ बर्ष अगाडि

राज्यले देशभरका विमानस्थलहरूमा  सरसफाइ मजदुरहरूको स्वास्थ्य तथा सुरक्षामा गम्भिर लापरवाही गरेको फेला परेको छ । 

सरसफाइ मजदुरका लागि ड्रेस कोड, मास्क, चस्मा, पञ्जालगायत सामग्रीहरू अभाव देखिएको अध्ययन प्रतिवेदन सार्वजनिक भएको हो ।  

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गैरआवासीय नेपाली संघले गरेको सरसफाइ निरीक्षणका क्रममा विमानस्थलहरूमा भेटिएको कमजोरी सहितको अध्ययन प्रतिवेदन पर्यटनमन्त्री योगश भट्टराईलाई बुझाईएको छ । 

निरीक्षण प्रतिवेदनमा देशभरका विमानस्थलहरूमा सरसफाइका लागि आवश्यक केमिकल अभाव रहेको समेत उल्लेख छ ।  

सरसफाइ अभियन्ता खेमराज शर्माले सिसा र भुईं सफा गर्ने छुट्टै केमिकल हरेक विमास्थलमा हुनुपर्ने भए पनि त्यो नभएको पाइएको बताए । 

प्रतिवेदन बुझ्दै पर्यटनमन्त्री भट्टराईले प्रतिवेदनबाट आएका सुझावलाई छिट्टै कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाए । 

पहिलो एक महिनामा सुझावअनुसार नागरिक उड्डयन प्राधिकरणमार्फत विमानस्थलाई पठाउने र तीन महिनापछि पुनः अनुगमन गरी अवस्था सुधार भएको नभएको विषयमा जानकारी लिने उनले बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत देशभरका विभिन्न ११ विमानस्थलको सरसफाइको अवस्थाका विषयमा स्थलगत अध्ययन गरिएको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया