साताको पहिलो दिन नप्सेमा मन्द कारोबार, १८ अंकको गीरावट

४ बर्ष अगाडि

आज साताका पहिलोे दिन नेप्से परिसुचक १८ अंकले घटेको छ । 

११ बजे १२६९.०८ को बिन्दुबाट सुरु भएको कारोबार २ बजेतिर बढेर  १२७५.४२ को बिन्दुम पुगेको थियो । तर कारोबारको अन्तिम समयसम्म कारोबार १८.२०  (१.४३ प्रतिशत ) अंकले घटेर १२५१.४४ को बिन्दुमा पुगको हो । 


आज दिनभरीमा १२३ कम्पनीको ४ लाख कित्ता शेयर २३ सय पटक खरिद बिक्रि हुँदा १९ करोडको कारोबार भएको छ । 

कारोबारमा आएका १२ उपसमुह मध्ये होटेल ,नन् लाइफ इन्स्योरेन्स  र अन्य समुहको कारोबार बढेको छ भने अरु बाँकी को कारोबार घटेको छ । 


त्यस्तै , आज कारोबारमा आएका सबै कम्पनीमध्ये 
नेपाल लाइफ इन्स्योरेन्सले २ करोड ८१ लाखको कारोबार गरेर उच्च स्थानमा छ भने  १ करोड ९६ लाखको कारोबार गरेको एन एम बी बैँक दोस्रो स्थानमा छ । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया