यसकारण लक्ष्मी र मेघामाथि राष्ट्रबैंकको ‘एक्सन’, अब के होला ?

६ बर्ष अगाडि

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले न्यूनतम ६ प्रतिशत रकम नगद नै  नेपाल  राष्ट्र बैंकमा नै राख्नुपर्छ । त्यसलाई बैंकिङ भाषामा सिआरआर भनिन्छ । तर पछिल्लो दिनमा बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा सिआरआर राख्न अटेर गर्दै आएका छन् ।  
उपभोक्ताले पैसा नपाएको गुनासो आए सोही रकम पनि प्रयोग गर्ने गरिन्छ । नेपाल राष्ट्र बैंकमा सिआरआर राख्नुलाई धरौटीको रुपमा समेत लिने गरिन्छ ।
तर उद्योगी राजेन्द्र खेतानको बैंक लक्ष्मी र मेघा बैंकले ६ प्रतिशत सिआरआर रकम राख्न अटेर गर्यो ।
 राष्ट्र बैंककाअनुसार खेतानको बैंकले सधै पैसा नभएको भन्दै ग्राहकलाई फिर्ता पठाउने गरेको सूचना विगतदेखि नै प्राप्त भएकै थियो । तर खेतानले बैंकको निर्देशन सधै अटेर गर्दै आएका थिए ।
सिआरआर कम राखेको भन्दै राष्ट्र बैंकले लक्ष्मी बैंकलाई ५ लाख ४० हजार २२४ जरिवाना गरेको छ । यस्तै मेघा बैंकलाई रु २ लाख २६ हजार ९७८ जरिवाना गरेको छ । यो कारवाही समान्य देखिएपनि बैंकिङ क्षेत्रमा यस्तो कारवाहीलाई रणनीतिक कारवाहीको रुमपा लिइन्छ ।
राष्ट्र बैंकबाट लिने पुर्नकर्जा सुविधा तथा अन्य सुविधामा यस्तो कारवाही भएको छ वा छैन भन्ने हेरिने भएकाले सिआरआर प्रकरणलाई रणनीतिक कारवाही भनेर लिइने गरिन्छ ।
साप्ताहिक रुपमा नै बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकलाई सिआरआर राख्नुपर्दछ । तर धेरै जसो बैंक तथा वित्तीय संस्थाले त्यस्तो जानकारी दिन अटेर गर्ने गरेका छन् । त्यसमा विनोद चौधरीको बैंक नबिल पनि अग्रस्थानमा रहेको छ । तर चौधरीको बैंकलाई कारवाही गर्ने आँट भने राष्ट्र बैंकले गर्न सकेको छैन ।
सिआरआर रकम राख्न नसकेपछि लक्ष्मी र मेघालाई कारवाही गरिएको हो, राष्ट्र बैंकका एक अधिकारीले भने ।

६ बर्ष अगाडि

प्रतिक्रिया