लगातार बढेको बजारमा आज ४.३६ अंकको गिरावट

५ बर्ष अगाडि

लगातार पाँच दिनसम्म बढेको सेयर बजारमा बिहिबार भने ब्रेक लागेको छ ।  बिहिबार (आज)  बजार ४.३६ अंकले घटेको हो । ०.३५ प्रतिशतले घटेको बजार १२२९.७७ अंकमा अडिएको छ । यस दिन ७९ करोड  ७३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । १७४ कम्पनी कारोबारमा सामेल थिए । 
ट्रेडिङ, उत्पादन तथा प्रशोधन र अन्य समुह बढेको छ भने बाँकी सबै समुह घटेको छ । उतपादन तथा प्रशोधन २०.४१ अंकले बढेको छ । अन्य समुह १४.५ अंकले बढेको छ भने ट्रेडिङ समुह ३.७६ अंकले बढेको छ । अरु सबै समुह घटेको छ । 
आज सबैभन्दा बढी  एनएमबी बैंकको १० करोड ३४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया