गणपति माइक्रोफाइनान्सको शेयर आउँदै, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त

५ बर्ष अगाडि

काठमाडौं–गणपति माइक्रोफाइनान्सले प्रति शेयर रु १०० अंकित दरको ३,००,००० कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ । 
जसको लागि माइक्रोफाइनान्स एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
 
सो शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा गणपति माइक्रोफाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृतअच्युत राज सापकोटा र एनआईबिएल एस क्यापिटलको तर्फबाट महाप्रबन्धक मेख बहादुर थापाले हस्ताक्षर गरे । 
गणपति माइक्रोफाइनान्सको अधिकृत पूँजी रु २० करोड, जारी पूँजी रु१० करोड र चुक्ता पूँजी रु७ करोड रहेकोछ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्ता पूँजी रु।१० करोड हुनेछ । 
             
गणपति माइक्रोफाइनान्स कम्पनी ऐन, २०६३ अन्तर्गत २०७३ आषाढ १३ गते पब्लिक लिमिटेड कम्पनीको रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको हो । 

२०७३ साल कार्तिक ३० गते नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त गरेको राष्ट्रिय स्तरको साे वित्तीय संस्थाले २०७३ मंसीर २४ गतेदेखि आफ्नो वित्तीय कारोवारको शुुभारम्भ गरेको हो । दुलेगौढा, तनहुँमा केन्द्रीय कार्यालय रहेको  संस्थाले स्थापनाको छोटो अवधिमै आफ्नो कार्यक्षेत्र पर्वत, कास्की, तनहुँ, चितवन, धादिङ, काभ्रे, सिन्धुली, मकवानपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तुु र दाङ्गमा, गरी जम्मा २० वटा शाखा कार्यालय मार्फत् १०,४२८ विपन्न वर्गका समूहहरुलाई रु.५६ करोड कर्जा प्रवाह गरेको छ । त्यसैगरी बचत संकलन रु.१३ करोड २६ लाख रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया