पश्चिम नेपालको आकाशमा ज्वाला सहितको वस्तु देखियो, बम पड्केजस्तो आवाज

४ बर्ष अगाडि

पश्चिम नेपालमो आकाशमा ज्वाला सहितको वस्तु देखिएको छ । 

आकाशमा आगोको ज्वाला जस्तो वस्तु उत्तरपूर्वबाट दक्षिण पश्चिमतर्फ गएको स्थानीयले बताएका छन् । 

आकाशमा ज्वाला देखिए लगत्तै ठूलो आवाज पनि आएको गुल्मीको रेसुङ्गा नगरपालिका सिमीचौरका लक्ष्मण थापाले बताए । 

‘पहिला माथिबाट अर्घाखाँचीतर्फ ज्वाला जस्तो बस्तु गयो, पछि चट्याङ्ग परेजस्तो आजाव आयो’, उनले भने । 

बाग्लुङ्गको रेडियो सारथीका स्टेशन मेनेजर कमल पौडेलले पनि आकाशमा ठूलो आवाज सहित ज्वाला जस्तो वस्तु गएको बताएका छन् । 

स्याङ्जा, पर्वत, पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, प्युठानका स्थानियले आकाशमा अचम्मकाे वस्तु देखिएकाे सामाजिक सञ्जालमा  लेखेका  छन् । 

के याे उल्का पिण्ड हाे ?

कतिपयले साे वस्तु आकाशीय पिण्ड भएकाे बताएका छन्र ।

अन्तरीक्षमा भएको सानो आकाशिय पिण्ड जब घुम्दै पृथ्वीको आकर्षण क्षेत्रभित्र पर्न जान्छ तब बेगले पृथ्वीतिर आकर्षित हुन्छ र वायुमण्डलसँग घर्षण हुन्छ ।

घर्षणको कारणले पैदा भएको तापले यो तातिन जान्छ र तेजिलो भई चम्कन थाल्छ ।

त्यसमा भएका पदार्थहरु ग्यास तथा बाफमा बदलिन्छ्न् र बीचैमा बिलाएर जानेलाई उल्का र त्यस पिण्डमा भएको पदार्थ जलेर नसकिएमा त्यो पृथ्वीको सतहमा आएर ठोक्किन्छ त्यसलाई उल्कापिण्ड भनिन्छ ।

पृथ्वी आफैमा एउटा चुम्बक भएको र चुम्बकिय शक्ती छेउमा केन्द्रित हुने भएकाले पृथ्वीको उत्तरी वा दक्षिणी ध्रुबमा, समुन्द्रमा,तथा दिउँसिको समयमा खस्ने भएकाले बार्षिक ५ लाख भन्दा बढी ऊल्का खसेपनि थोरै मात्र देखिन्छन ।

आकाशमा एउटा दिशाबाट अर्को दिशामा तारा छिटो खसे जस्तो देखिने भएकाले यिनलाई अङ्ग्रेजीमा सुटिङ स्टार वा फलिङ स्टार पनि भनिन्छ ।

तर याे धेरै नजिकबाट देखिएकाे र आवाज समेत सुनिएकाेले उल्कापिण्ड हाेइन की भनेर स्थानीयले अड्कल गरेका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया