नेपालमा उल्कापिण्ड खसेको हुनसक्ने खगाेलशास्त्रीहरूकाे भनाई

४ बर्ष अगाडि

खगोलशास्त्रीहरुको सँस्था नेपाल एष्ट्रोनोमिकल सोसाइटीले बिहीबार राती नेपालमा उल्कापिण्ड खसेको अनुमान गरेको छ । 

सोसाइटीले नेपाली आकाशमा देखिएको चम्किलो बस्तु उल्कापिण्ड भएकोे र त्यो गण्डकी प्रदेशमा खसेको हुनसक्ने बताएको छ । 

संस्थाले जारी गरेको विज्ञप्तीमा उक्त पिण्ड गण्डकी प्रदेशमा खसेको हुनसक्ने भन्दै खसेको स्थान पत्ता लगाएका जानकारी दिन पनि भनेको छ । 

उक्त वस्तु उल्कापिण्ड भएको भए जहाँ खसेको हो त्यहाँ क्षति हुने भएकोे खसेको ठाउँको जानकारी पाउन सकिने भएकोले सो सम्बन्धि कुनै फोटो वा भिडियो भएपनि उपलब्ध गराउन सोसाइटीेले जनाएको छ ।

बुधबार राती ८ बजेर ७ मिनेट जाँदा पश्चिम नेपालको आकाशमा चम्किलो ज्वाला देखिएको लगत्तै ठूलो आवाज आएपछि त्यस क्षेत्रका जनताले आश्चर्य प्रकट गरेका छन् । 

 पढ्नुहाेस् : पश्चिम नेपालको आकाशमा ज्वाला सहितको वस्तु देखियो, बम पड्केजस्तो आवाज

के याे उल्का पिण्ड हाे ?

कतिपयले साे वस्तु आकाशीय पिण्ड भएकाे बताएका छन्र ।

अन्तरीक्षमा भएको सानो आकाशिय पिण्ड जब घुम्दै पृथ्वीको आकर्षण क्षेत्रभित्र पर्न जान्छ तब बेगले पृथ्वीतिर आकर्षित हुन्छ र वायुमण्डलसँग घर्षण हुन्छ ।

घर्षणको कारणले पैदा भएको तापले यो तातिन जान्छ र तेजिलो भई चम्कन थाल्छ ।

त्यसमा भएका पदार्थहरु ग्यास तथा बाफमा बदलिन्छ्न् र बीचैमा बिलाएर जानेलाई उल्का र त्यस पिण्डमा भएको पदार्थ जलेर नसकिएमा त्यो पृथ्वीको सतहमा आएर ठोक्किन्छ त्यसलाई उल्कापिण्ड भनिन्छ ।

पृथ्वी आफैमा एउटा चुम्बक भएको र चुम्बकिय शक्ती छेउमा केन्द्रित हुने भएकाले पृथ्वीको उत्तरी वा दक्षिणी ध्रुबमा, समुन्द्रमा,तथा दिउँसिको समयमा खस्ने भएकाले बार्षिक ५ लाख भन्दा बढी ऊल्का खसेपनि थोरै मात्र देखिन्छन ।

आकाशमा एउटा दिशाबाट अर्को दिशामा तारा छिटो खसे जस्तो देखिने भएकाले यिनलाई अङ्ग्रेजीमा सुटिङ स्टार वा फलिङ स्टार पनि भनिन्छ ।

तर याे धेरै नजिकबाट देखिएकाे र आवाज समेत सुनिएकाेले उल्कापिण्ड हाेइन की भनेर स्थानीयले अड्कल गरेका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया