निगम डुबाउन कसांकार सक्रिय

५ बर्ष अगाडि

काठमाडौ । नेपाल वायुसेवा निगमलाई धारासायी बनाउने खेलमा पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओली समेत जोडिएका छन् । निगमले  खरिद गरेको एअरबस ३३०—२०० सेरिजका २ थान ‘वाइड बडी’को खरिद प्रकरणमा करोडौँ रुपियाँ घोटाला भएको भन्दै प्रधानमन्त्रीले नै महाप्रबन्धक सुगतरत्न कसांकार हटाउने खेलमा लागेका छन् । निगमका महाप्रबन्धक कंसाकारले वाइड बडी खरिदमा अनियमितता गरेको सरोकारवाला निकायले छानविनको तयारी गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सो विषयमा छानविन गर्न समिति समेत बनाइ सकेको छ । त्यसको मक्सद भनेकै कसांकारलाई दोषी तुल्याएर कारवाही गर्ने र हवाई माफियालाई निगमको ताला चाँबी सुम्पनु रहेको छ । 

एयरबस खरिदमा कमिशन र उत्पादक कम्पनीले दिएको छुटमा ब्रम्हलुट मच्चाएको भन्दै महाप्रबन्धक कंशकार विवादमा तान्ने प्रयास गरिएको छ । ‘वाइड बडी’ खरिदमा कंसाकारले अर्बौ रुपैयाँ हिनामिना गरेको समाचारहरू आएपछि प्रधानमन्त्री ओलीले चासो देखाएको भन्दै उनीमाथि मदन खरेल र विगतमा निगम डुबाउन सक्रिय कुलबहादुर लिम्बुलाई ल्याउने तयारी गरिएको छ । पछिल्लो पटक मिडीया सञ्चालक समेत रहेका हवाई व्यापारीको योजनामा निगम डुबाउने खेल भइरहेको छ । स्रोतले जनाएको छ । ओलीले कंशकारलाई बोलाएर वाइड बडी खरिदका विषयमा सोधपुछ गरिसकेको र कारवाही गर्ने तयारी गरेको बुझिएको छ । थोत्रा जहाज उडाएर नेपाली जनताको जीवन हत्केलामा राखेका अर्का हवाई माफियाको योजनामा धन्दा चलाइएको छ । 

कंसाकारले प्रधानमन्त्री ओलीसँगको भेटमा आफूले भ्रष्टाचार नगरेको स्पष्टीकरण दिएका छन् । ओलीलाई कंसाकारको जवाफमा चिक्त नबुझाएको स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीले कंशकार खराब व्यक्ति भएको भन्दै हटाउने तयारी समेत गरेका छन् । 
हवाई माफियाकै योजनामा पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले महाप्रबन्धक कंसाकारलाई केही दिन पहिले आफ्नै कार्यकक्षमा बोलाएर प्रधानमन्त्रीले तपाईलाई पदबाट हटाउन लाग्दै हुनुहुन्छ भनेर अग्रिम जानकारी गराएका थिए । कंसाकारले सचिव देवकोटासामू आफूले केहीपनि गलत काम नगरेको दाबी गर्दै कसरी हटाउदा रहेछन् म पनि हेर्छु भन्ने जवाफ सचिवलाई दिएका थिए । स्रोतका अनुसार निगमको महाप्रबन्धकमा मदन खरेल र केबी लिम्बमध्येबाट एकजनालाई बनाउने गरेर छलफल भएको स्रोतको दाबी छ ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया