इण्टरनेट महसुलमा २५ प्रतिशत छुट

४ बर्ष अगाडि

सरकराले ईण्टरनेटमा २५ प्रतिशत छुट दिने निर्णय गरेको छ ।

कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि देश लकडाउन गरेको अवस्थामा जनताले विद्युतीय प्रणालीबाट सेवाहरु लिनुपर्ने भएकोले इण्टरनेटमा छुट दिने निर्णय गरेको हो । 

मन्त्रीपरिषदको आइतबार बसेको बैठकले सरकारको लगानी रहेको नेपाल टेलिकमको इण्टरनेटमा २५ प्रतिशत छुट दिने र नीजि कम्पनीलाई पनि छुट दिनका लागि आग्रह गर्ने निर्णय गरेको हो । 

कोरोना भाइरसबाट जोगिन लकडाउनको समयमा घरभित्रै बस्नुपर्ने भएकोले बैंक तथा वित्तिय संस्थाले विद्युतीय प्रणालीबाट कारोबार गर्न भनेका छन् ।

त्यसैगरी घरमा बन्दाबन्दी बसेकाहरुले खाद्यान्न तथा अन्य सामान खरिद पनि धेरैले इण्टनरनेटको सहायतबाट नै गरेका छन् । 

समयमा सूचना तथा जानकारी समयमै प्राप्त गर्नका लागि पनि इण्टनरेट प्रभावकारी भएको छ । 

कान्तिपुर, हिमाल लागयतका पत्रिकाहरु समेत बन्द भएर यो बेला अनलाइन न्यूज पोर्टलमात्र सञ्चालन गरेकोले समाचार पढ्ने, हेर्ने र सुन्ने इण्टनेट अनिवार्य भएको छ । 

यस्तो अवस्थामा सर्वसाधारणले मोवाइल सेवा प्रदायकबाट डाटा खरिद गरेर इण्टरनेट सेवा लिँदै आएका छन् । इण्टरनेट महसुल मा २५ प्रतिशत छुट दिने सरकारको निर्णय प्रति सबैभन्दा धेरै मानिसहरु खुसी भएका छन् । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया