कोरोना भाइरस : कुखुरा व्यवसाय समस्यामा

३ बर्ष अगाडि

कोरोना भाइरस  नियन्त्रण गर्न घोषणा गरेको लकडाउनले मकवानपुरका कुखुरा व्यवसाय समस्यामा परेका छन् । 

कुखुरा पाल्ने तथा त्यसको फार्म चलाएर जीवनयापन चलाउने र व्यवसाय  गर्ने कुखुरा व्यवसाय र किसान लकडाउनका कारण समस्यामा परेको गुनासो पाइएको छ  । विभिन्न फार्ममा व्यवसायका लागि पालिएको कुखुरा बिक्री नहुने तथा बजारसम्म ढुवानी नहुँदा व्यवसायी चिन्तित छन् । साथै कुखुराको दाना, प्राविधिक तथा आवश्यक औषधिलगायत समस्याले व्यवसाय नै चौपट हुनेस्थित आएको हेटौँडा–१३ का कुखुरा व्यवसायी उर्मिला मगरले बताइन ।

त्यस्तै बैंक तथा सहकारीबाट ऋण लिएर गरिरहेको कुखुरा व्यवसायबाट लगानीअनुसारको आम्दानी नहुँदा ब्याजसमेत तिर्न धौधौ परेको उनको को भनाइ छ  । कुखुरा व्यवसायमा समस्या परेपछि कुखुरा व्यवसाय सङ्घ मकवानपुरले प्रतिकेजी रु ५५ नोक्सानी व्यहोर्दै प्रतिकेजी जिउँदो कुखुराको मूल्य रु १२५ तोकिएको  छ  । सङ्घका अध्यक्ष राजु अधिकारीका अनुसार एक केजी कुखुरा तयार गर्न रु १८० खर्च लाग्ने गरेको छ  । तर बिक्री वितरणको कमीले सङ्घले जिउँदो कुखुराको मूल्य घटाएको जनाएको छ  । 

उता जिउँदो कुखुराको मूल्य घटिरहेका बेला बजार उपभोक्ता मूल्य प्रतिकेजी कुखुराको मासु रु २५० कायम  गरी बिक्री वितरण भइरहेको जितपुर मिटसपका सञ्चालक नसरुदिन मियाँले भने । पसल बिहान र साँझ खुल्ने कारणले व्यवसायमा समेत समस्या परेको उनको भनाइ छ  ।  

३ बर्ष अगाडि

प्रतिक्रिया