अन्योलमा शेयर बजारः कहिले खुल्छ शेयर कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं –  कोरोना भाइरसको बढ्दो प्रकोपलाई मध्येनजर गर्दै ५ दिनका लागि बन्द गरिएको नेपाली शेयर बजार लकडाउन अवधी बढ्दा थप अन्योलमा परेको छ । शेयर बजार कहिल खुल्ने भनेर यकिन भइसकेको छेन । तर, लकडाउन अवधी भर शेयर कारोबार बन्द हुने पक्का भइसकेको छ ।
सरकारले लकडाउन अवधी चैत २५ गतेसम्म थप गरेको छ । तसर्थ, शेयर बजार बन्द गर्ने निर्णइ गरिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बताएको छ । हुने अवधी पनि थपिएको नेप्सेको भनाइ छ । सरकारले लकडाउन अवधी थपेपछि नेप्से कारोबार बन्द गर्न बाध्य भएको हो । 
नेपाल धितोपत्र बोर्डले चैत १० गतेदेखि लागू ५ कारोबार दिन बन्द गर्न नेप्से निर्देशन दिएको थियो । चैत ११ गते घोडेजात्राको सार्वजनिक बिदा भएका कारण नेप्से चैत १२ गतेबाट कारोबार बन्द गर्यो । त्यो सोमबार सकिदै थियो र भोलिदेखि कारोबार सुरु हुन्थ्यो । तर, अबब कारोबार थप बन्द हुने भएको छ ।
सम्भवत लकडाउन अवधीभर शेयर कारोबार बन्द हुने बताइएकोछ । यसका लागि नेपाल धितोपत्र बोर्डले पनि नेप्सेलाई निर्देशन दिइसकेको छ । यद्यपि, शेयर सुचीकरणको काम भने नरोकिने बताइएको छ । 
त्यसका लागि मंगलबार (भोलि)देखि नेप्सेको वेवसाइटमा सम्बन्धीत कम्पनीहरूको सार्वजनिक गर्ने तयारी गरिएको छ । यसका लागि कम्पनीहरुलाई युजर आइडी पनि उपलब्ध गराइएको छ । जसअनुसार कम्पनीले आफैले नेप्सेको वेवसाइटमा सुचना अपलोड गर्न सक्नेछन् । 
कम्पनीहरुले यस अघिनै युजर आइडी लगेका छन् । तर, उनीहरुले हालसम्म कुनै सुचना अपलोड गरेका छैनन् । यस बिषयमा कम्पनीहरुलाई मंगलबारदेखि नै दवाव दिने नेप्सेको तयारी छ ।
 

#नेपाली_शेयर_बजार 

४ बर्ष अगाडि

प्रतिक्रिया