यी हुन् तोकिएको भन्दा बढी सेवा शुल्क लिने म्यानपावर कम्पनी, ६ कम्पनी कारवाहीमा

४ बर्ष अगाडि

काठमाडौं – बैदेशिक रोजगार बिभागले फागुन महिनामा मात्र ६ म्यानपावर कम्पनीलाई कारवाही गरेको छ । प्राप्त गुनासोको आधारमा म्यानपावर कम्पनीमाथि अनुमगन गर्दा यतिका कम्पनी कारवाहीको दायरामा आएका हुन् । 
बिभागले फागुनमा प्राप्त गुनासोको आधारमा न्यू जानकी होटल एण्ड गेष्ट हाउस र  द्यौलाश्री बहुउद्देश्य सहकारी सस्थालाई पनि अनुगमन गरेको छ । होटलले पासपोर्ट र पैसा संकलन गरेको तथा सहकारीले बैदेशिक रोजगारीको नाममा ठगि गरेको भनी बिभागमा गुनासो परिेको थियो । तर, अनुगमन गर्दा गुनासो आए अनुसारको अवस्थामा नभेटीएको बिभागको भनाइ छ । 
यसका बाहेक बिभागले ६ म्यान पावर कम्पनीलाई कारवाहीको दायरामा ल्याएको छ । बिभागले व्यक्तिगत गठीको आरोपमा युनाइटेड एच आर सोलुसन प्रा.लिको कारोबार रोक्का गरेर अनुसन्धान अघि बढाएको छ  बिभागकाअनुसार एसआरके नेपाल प्रालिको पनि कारोबार रोक्का गरेर १ लाख ५० हजार जरिवाना तिर्न लगाइएको छ । उक्त कम्पनीले कुवेत जाने कामदारबाट तोकिएको भन्दा बढी सेवासुविधा लिएको बताइएको छ ।
बिभागले शान इन्टरनेशनल प्रालिलाई भने अनुसन्धान गरिरहेको छ । उक्त कम्पनीले युएई पठाउने कामदारबाट तोकिएको भन्दा बढी सेवा सुविधा लिएको आारोप छ ।  
यसैगरि हिमालय भ्याली नेपाल प्रालि, सानलाइन्स रिक्रुटमेन्ट प्रालि र अलमाइटी इन्टरनेशन मेनपावर सर्भिस प्रालिको कारोबार पनि रोक्का गरिएको बिभागको भनाइ छ । बिभागका अनुसार हिमालय भ्यालीले मेलेशिया पठाउने कामदारबाट सेवा सविधा बढी ल्याएको आरोप छ ।साउनलाइन्सले पनि बहराइन जाने कामदारबाट बढी सेवा सविधा लिने गरेको बिभागको भनाइ छ । यसगरि अलमाइटी इन्टरनेशनलले पनि युएई जाने कामदारबाट बढी सेवा सुविधा लिएको बताइन्छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया