पत्रकार र आमसञ्चारमाध्यमलाई राहत घोषणा गर्न पारिश्रमिक निर्धारण समितिकाे माग, पत्रकारकाे तलव समयमै दिन सञ्चारगृहलालाई आग्रह

४ बर्ष अगाडि

न्यूनतम पारिश्रमिक निर्धारण समितिकाले श्रमजीवी पत्रकार र आमसञ्चारमाध्यमलाई राहतको प्याकेज घोषणा गर्न माग गरेको छ । 

कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागि लकडाउनका कारण सञ्चारमाध्यम र श्रमजिवि पत्रकारलाई समेत नकारात्मक प्रभाव परेपनि सरकारले घोषणा गरेको राहत प्याकेजमा छुटेकोले तत्कार राहत घोषणा गर्न समितिले माग गरेको हो । 

‘श्रमजीवी पत्रकारहरु अहिलेको खराब र जोखिमपूर्ण अवस्थामा आफ्नो ज्यान नै जोखिममा राखेर आम नागरिकलाई सुसूचित गराउन, जोखिम बाट निकास दिलाउनका लागि कार्यस्थलमा अहोरात्र खटिरहेका छन, उनिहरु अहिले फ्रन्टलाईनमा रहेर काम गर्नु पर्ने अवस्था छ र गरिरहेका पनि छन्’, समितिका अध्यक्ष राजेन्द्र अर्यालले भने, ‘ तर सरकारले घोषणा गरेको राहत प्याकेजमा उनिहरुका सम्बन्धमा केही बोलिएको छैन । सरकारले घोषणा गरेको राहत प्याकेजमा श्रमजीवी पत्रकार र आम सन्चारमाध्यम छुटेको हुदा यसका लागि विशेष राहत प्याकेज तत्काल घोषणा गर्न अपिल गरिन्छ ।’

अध्यक्ष अर्यालले श्रमजीवी पत्रकारहरुको स्वास्थ सुरक्षाकालागी पनि सरकारले आवश्यक ध्यान दिन अनुरोध गरेका छन् । ‘कार्यस्थलमा खटिएका श्रमजीवी पत्रकारहरुको  स्वास्थ्य सुरक्षा लगाएतका विषयमा सम्बन्धित आमसन्चार प्रतिष्ठान थप गम्भीर बन्न र आबश्यक प्रबन्ध मिलाउन अनुरोध छ’, उनले भने । 

सरकारले आमसञ्चार उद्योगलाई प्राथमिकतामा राखी सेवा उद्योगका रुपमा मान्यता दिएर नविकरण र कर छुट को ब्यबस्था मिलाउन जरुरी रहेको उनको भनाई छ । 

‘अहिले खासगरी मोफसल र श्रमजीवी हरुले संचालन गरेका स्वरोजगार मुलक र साना लगानी का मिडिया थप आर्थिक संकटमा छन ।उनिहरुका लागी पनि राज्यका तर्फबाट ठोसआर्थिक राहतको जरुरी छ’, उनले भने । 

सञ्चारमाध्यम समयमै पारिश्रमिक दिएर मानवीयता देखाउ

सममितिले यो संकटपुर्ण घडीमा मानवीय हिसावले सम्पूर्ण पत्रकारको पारिश्रमिक समयमै उपलब्ध गराउन सञ्चारगृहसँग पनि माग गरेको छ । 

‘कतिपय श्रमजीवी पत्रकारहरुले समयमै पारिश्रमिक नपाउदा आर्थिक समस्या झेल्नुपरेको गुनासो आएकोले सम्बन्धित आमसञ्चार प्रतिष्ठानका ब्यबस्थापनलाई यो घडीमा मानवीय हिसाबले समेत यो समस्याको समाधान गर्न आग्रह गरिन्छ’, अध्यक्ष अर्यालले भने । 

अर्यालले यो संवेदनशिल अवस्थामा कार्य क्षत्रमा खट्ने सबै श्रमजीवी पत्रकारलाई आत्म सुरक्षा प्रती सतर्कता र सावधानी अपनाउन अपिल  पनि गरेका छन् । 
विषम परिस्थितिको बेलामा सबै सहकार्य गर्दै जिम्मेवारी पुर्वक संकटको सामना गर्नुको विकल्प नगरेको उनको भनाई छ । 

‘आमसन्चार र श्रमजीवी पत्रकार थप जिम्मेवार र संबेदनशिल बन्दै सत्य  ,तथ्य ,सकारात्मक र जनता आतन्कित बनाउने नभई जिम्मेवार एबम आशा जगाउने समाचार सप्रेषित गरौं’, अध्यक्ष अर्यालले भने । 

४ बर्ष अगाडि

प्रतिक्रिया