टेलिकमको डाटामा ३० प्रतिशत र  भ्वाईसकलमा ५० प्रतिशत छुट, चैत्र महिनाको जरिवाना पनि मिनाहा

४ बर्ष अगाडि

नेपाल टेलिकमले मोवाईल डाटामा ३० प्रतिशत सम्म र भ्वाईसकल ५० प्रतिशत छुट दिने भएको छ । 

कारोना भाइरसबाट सुरक्षाका लागि मुलुक लकडाउन भएको समयमा सेवाग्राहीलाई सहजताकका छुट दिन टेलिकमले चैत २० गते बिहीबारदेखि लागू हुने गरी भारी छुट दिएको हो । 

टेलिकमका अनुसार डाटामा जीएसएम मोवाइलको ३० प्रतिशत र सीडीएमए मोवाइल २७ प्रतिशत छुट दिएको छ । 

छुट योजना पछि जीएसएम मोबाइल डाटाको महशुल प्रतिएमबी ९० पैसा र सीडीएमए मोबाइलको ५१ पैसामात्र पर्ने छ । यो कर सहितको शुल्क हो । 

छुट योजना अन्तर्गत पहिलो प्याकेजमा १ सय रुपैयामा १ जीबी डाटा खरिद गर्दा ३ जीबी बोनस स्वरुप प्राप्त हुनेछ र प्राप्त हुने बोनस कम्पनीको फोरजी नेटवर्कमा ५ दिन भित्र खपत गर्न प्रयोग गर्नु पर्नेछ । 

यसैगरी दोस्रो प्याकेजमा २ सय रुपैयामा २ जीबी डाटा खरिद गर्दा ८ जीबी डाटा बोनस स्वरूप प्राप्त हुनेछ र प्राप्त हुने बोनस कम्पनीको फोरजी नेटवर्कमा ७ दिन भित्र खपत गर्न प्रयोग गर्नु पर्नेछ । 

यसरी रू. १ सयमा बोनस सहित कुल ४ जीबी र रू. २ सयमा बोनस सहित कुल १० जीबी डाटा प्राप्त हुनेछ ।

चैत्र १६ गतेको मन्त्रीपरिषद बैठकले इण्टरनेट सेवामा २५ प्रतिशत छुट दिन सेवा प्रदायकहरुलाई निर्देशन दिएपछि यो छुट दिइएको टेलिकमले जनाएको छ । टेलिमले डाटामा दिएको छुट सरकारले आग्रह गरेभन्दा पनि धेरै छ ।

यसैगरी भ्वाइसकल छुट अन्तर्गत कम्पनीकै नेटवर्क भित्र भ्वाइस कल गर्न जीएसएम र सीडीएमए सेवामा हाल उपलव्ध भ्वाइस प्याक खरिद गर्दा ५० प्रतिशत छुट उपलव्ध गराएको छ । 

पहिलो प्याकेजमा एकदिनका लागि ४० मिनेटको भ्वाइस प्याक रु. २५ मा खरिद गर्दा २० मिनेट बोनस उपलब्ध हुनेछ । यसैगरी दोस्रो प्याकेजमा १९० मिनेटको भ्वाइस प्याक सात दिनका लागि रु. १०० मा खरिद गर्दा ९५ मिनेट बोनस उपलब्ध हुनेछ । जस अनुसार ग्राहकले रु. २५ मा एक दिनका ६० मिनेट र रु १०० मा ७ दिनका लागि २८५ मिनेटको भ्वाइस प्याक पाउनेछन् ।   

बिहीबार अर्थात चैत २० देखि २६ गतेसम्म ७ दिनका लागि यो छुट लागू हुने व्यवस्था गरेको टेलिकमले जनाएको छ । 

यूएसएसडी र नेपाल टेलिकम एप खरिद गर्न सकिने माथि उल्लिखित डाटा तथा भ्वाइस प्याकहरु स्टे कनेक्टेड अफरको रुपमा उपलब्ध हुने टेलिकमका प्रवक्ता राजेश जोशीले बताए । यूएसएसडीबाट खरिद गर्न ८ज्ञद्धज्ञछ८ज्ञण्३ डायल गर्नु पर्दछ । थप जानकारी कम्पनीको वेबसाइट धधध।लतअ।लभत।लउ बाट प्राप्त गर्न सकिने छ ।  

टेलिकमले ल्यान्डलाइन सेवाको महसुल बुझाउन ढिलो भएका ग्राहकका लागि लाग्ने फागुन र चैत्र महिनाको जरिवाना पनि मिनाहा गरेको छ । अब ग्राहकले फागुन र चैतको महसुल विना जरिवाना आगामी बैशाख मसान्तसम्म बुझाए हुने छ । 

लकडाउनको अवधिमा महसुल बुझाउनुपर्ने भएका कारण म्याद सकिएका एडीएसएल र एफटीटीएच लगायत वाइम्याक्स सेवाका ग्राहकको लाईन नकाटी लकडाउन अवधिभरको लागि थप्ने पनि टेकिमले जनाएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया