विश्व वरियतामा नेपाली महिला भालिबल टोली ८६ आँै स्थानमा

४ बर्ष अगाडि

विश्व वरियतामा नेपाली राष्ट्रिय महिला भलिबल टोली ८६ औँ स्थानमा रहेको छ । अन्तर्राष्ट्रिय भलिबल महासङ्घ (एफआइभीबी) ले आज सार्वजनिक गरेको विश्व वरियतामा नेपाल यथावत रहदँै सो स्थानमा रहन सफल भएको हो । 

नयाँ वरियतामा नेपालको ५७ अङ्क रहेको छ । वरियताको शीर्ष स्थानमा भने चीन रहेको छ । त्यसैगरी अमेरिका दोस्रो स्थानमा छ भने ब्राजिल तेस्रो, इटाली चौथो र टर्की पाँचौँ स्थानमा छन् । नेपाली महिला भलिबल टोली एशियाली राष्ट्रको वरियतामा भने १७औँ स्थानमा रहेको छ ।

पुरुषतर्फको वरियतामा भने नेपाल १३६औँ स्थानमा रहेको छ । नेपालको ५० अङ्क छ । पुरुषको वरियतामा ब्राजिल पहिलो स्थानमा छ भने पोल्याण्ड दोस्रो, अमेरिका तेस्रो, रुस चौथो र अर्जेन्टिना पाँचाँै  स्थानमा छन् । एशियाको वरियतामा नेपालको पुरुष टोली २७औँ स्थानमा रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया