भारतका चर्चित खेलाडी गम्भीरले राहत कोषमा दुई वर्षको तलब जम्मा गर्ने

४ बर्ष अगाडि

भारतका चर्चित खेलाडी गौतम गम्भीरले प्रधानमन्त्री राहत कोषमा दुई वर्षको तलव जम्मा गर्ने घोषणा गरेका छन ।

सत्तारुढ दल भारतीय जनता पार्टीका सांसद समेत रहेका गम्भीरले कोरोना सङ्क्रमण विरुद्धको लडाइमा टेवा पु¥याउन आफ्नो तलव दिने घोषणा गरेको बताएका हुन् ।

“अहिले सरकारले मलार्इ के दियो भनेर प्रश्न गर्ने भन्दा पनि आफुले दिन पर्ने बेला भएकाले मैले सानो सहयोग गर्न लागेको हुँ”  उनले बिहिवार भने ।  

सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले अरुलाई पनि प्रधानमन्त्री कोषमा सक्दो सहयोग रकम जम्मा गर्न आग्रह गरेका छन । 

भारतमा हालसम्म कोरोना भाइरसको कारण २ हजार ३२ जना सङ्क्रमित भएका छन् ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया