एनसेलले २५% ले घटायो इन्टरनेट शुल्क

४ बर्ष अगाडि

एनसेलप्राइभेट लिमिटेडले हालैसरकारले गरेको निर्णय अनुसार बिहीबार (चैत्र २०) बाट लागुहुने गरी डेटा सेवामा पे एज यु गोकोशुल्क २५ प्रतिशतले घटाएको छ । यससँगै एनसेलकाग्राहकले अब यस लकडाउनको अवधिभर अझै सुलभ दरमा एनसेलको डेटा प्रयोग गरीआफ्ना परिवार तथा साथीभाइसँग सम्पर्कमा रहिरहन सक्नेछन् । 

एनसेलले आफ्नो कर बाहेक रु २ प्रतिएमबी रहेको पे एज यु गो शुल्क रु १.५० प्रतिएमबीमाझारेको छ । यो परिमार्जित शुल्क लकडाउनको अवधिभर लागु रहनेछ । 

सुलभ दरमा आफ्ना ग्राहकलाई इन्टरनेटको पहुँच सुनिश्चित गर्नका लागिकम्पनीले यस अघिनै पे एज यु गो अन्तर्गत ग्राहकलाई डेटामा बोनस समेत दिदै आएको छ जसअन्तर्गत डेटा शुल्क ८०प्रतिशतसम्मकमभएको छ । यो योजनाअन्तर्गत ग्राहकले जति धेरै आफ्नो मेन ब्यालेन्सबाट डेटा प्रयोग गर्नेछन् त्यसै अनुरुप डेटा शुल्कथप सुलभ हुँदै जान्छ । 

पे एज यु गोमा दिइएको २५ प्रतिशतछुटसँगै ग्राहकले इन्टरनेट चलाउँदै जाँदा८०प्रतिशतसम्म छुटमा डेटाप्रयोग गर्न सक्नेछन् । जब ग्राहकले आफ्नो मेनब्यालेन्स प्रयोग गरी डेटा सेवा चलाउँछन्,खर्च भएको ब्यालेन्स रकमको आधारमा तत्कालबोनस डेटा पाउँदै जानेछन् ।

जब ग्राहकले आफ्नो ब्यालेन्सबाट रु २, रु ५, रु १०, रु २०, रु ३० वा यो भन्दाथप रु १० का दरले खर्च गर्दै जान्छन् त्यसै अनुपातमाबोनस डेटा प्राप्तगर्दै जानेछन् । शुरुमा रु १० डेटामा खर्च गरे पश्चात त्यसपछि खर्च हुने प्रत्येक रु १० मा ग्राहकले २०÷२० एमबी डेटा बोनस पाउने छन् ।

यदिग्राहकले रु २ मेनब्यालेन्स १.०४ एबीडेटामाखर्च गर्दछन् भने उनीहरुले तत्कालै २ एमबी डेटा बोनस पाउँनेछन् । यसैगरी ग्राकहले रु ३० ब्यालेन्स खर्च गर्छन भने बोनसको ५७एमबी सहितकुलकरिब ७३ एमबी डेटा पाउनेछन् । यदिग्राहकले मेनब्यालेन्सको रु १०० डेटामा खर्च गर्दछन् भने मेन ब्यालेन्सबाट पाइने ५२.२एमबी र बोनस १९७एमबी सहितकुल२५० एमबी डेटा पाउनेछन् ।  

कोरोनाभाइरसले निम्त्याएको महामारीकोयस समयमा, एनसेलले ग्राहकको सञ्चार सेवाको आवश्यकतालाईध्यानमा राख्दै विभिन्न योजनाहरु जस्तै सापटी सेवामाथप रकम, निःशुल्कब्यालेन्स ट्रान्सफर, रिचार्जमा १२०प्रतिशतबोनस र १५ जिबीको स्टे होम प्याकपनिप्रदानगर्दै आएको छ ।  

४ बर्ष अगाडि

प्रतिक्रिया