ग्राहक ढाँट्न इसेवाको झुट, भन्यो – ‘भगिनी संस्थासँग कुनै सम्बन्ध छैन’

४ बर्ष अगाडि

अरुको न्युज पोर्टल ह्याक गरेर समाचार हटाउने सिरान टेक्नोलोजीको भगिनी संस्था इसेवाले ग्राहकलाई ढाँटेको छ । 

शुक्रबार विज्ञप्ती निकालेर इसेवाले एउटै सञ्चालकले चलाएको अर्को कम्पनीसँग कुनै सम्बन्ध नभएको भन्दै ग्राहकलाई ढाँटेको हो । 

न्यूज पोर्टल ह्याक गरेर समाचार हटाउने इसेवका सञ्चालकले पैसा चोर्न सक्ने भन्दै ग्राहकले बहिस्कार अभियान चलाएपछि इसेवाले विज्ञप्ती निकालेर बचाउ गरेको हो । 

विप्तीमा ‘समाचार हटाइएको भनिएको अनलाइन पोर्टल र इसेवाको कुनै सम्बन्ध नरहेको’ भनिएको छ । 

इसेवा चर्चित आइटी कम्पनी ‘एफवन सफ्ट’को सहायक कम्पनी हो । तर माउ कम्पनी एफवनसफ्टको वेवसाइटमा आफ्ना सहायक कम्पनी इसेवा, सिरान टेक्नोलोजी लगायत ९ वटा कम्पनीहरु रहेको उल्लेख छ ।  हेर्नुहोस तस्विर : 

किन विज्ञप्ति निकाल्न बाध्य भयाे इसेवा ?
एफवन सफ्ट र त्यका सहायक कम्पनीमा सञ्चालक अस्गर अलि छन् । उनी अहिले प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधि विज्ञको रुपमा समेत काम गरिरहेका छन् । 

चीनबाट कोरोना संक्रमितको सुरक्षा तथा जाँचका लागि मेडिकल सामग्री खरिद गर्न ओम्नी ग्रुपलाई कमिसन खाएर ठेक्का दिने क्रममा उनै अस्गल अलिको समेत संलग्नता रहेको समाचार सार्वजनिक भएपछि इसेवालाई यो समस्या आईलागेको हो । 

काठमाडौं प्रेसले उक्त समाचार सार्वजनिक गरेपछि अलि सञ्चालक रहेको सिरान टेक्नोलोजीले काठमाडौं प्रेसको वेवसाइट ह्याक गरेर समाचार हटाएको थियो । सो कुरा बिहीबार सिरानले स्विकारीसकेको छ ।

पढ्नुहाेस् : इसेवाले खाताबाट पैसा चोर्न सक्छ भन्दै प्रयोगकर्ताले चलाए बहिस्कार अभियान

काठमाडौं प्रेसका सम्पादक गोविन्द परियारले न्यूज पोर्टल ह्याक गर्नेहरुबाट ग्राहकको रकम समेत सुक्षित हुन नसक्ने प्रतिकृया दिएका थिए । 

त्यसपछि इसेवाका सञ्चालकमाथी समेत प्रश्न उठाउँदै ग्राहकहरुले धमाधम इसेवा प्रयोग बहिस्कार गर्न थालेका थिए । 

एउटै सञ्चालकले चलाएको अर्को कम्पनी सिरान टेक्नोलोजीले ‘साइवर क्राइम’ गरेको र इसेवाको पनि विश्वास नभएको ग्राहको भनाई छ । 

धमाधम ग्राहकले इसेवाको एप्लीकेशनको हटाएको फोटो सामाजिक सञ्जालमा पोष्ट गर्न थालेपछि इसेवाले आफ्नो बचाउ गर्दैै विज्ञप्ती निकालेको हो । 

अरू के के छुट छ विज्ञप्तीमा ?
विज्ञप्तिमा नियोजित रूपमा इसेवामाथि निरन्तर प्रहार गर्ने कार्य कुनै किसिमले न्यायोचित नभएको उल्लेख छ । 

इसेवाले ग्राहकलाई भुक्तानी सेवा दिने हुनाले यसको लागि आवश्यक पर्ने प्रविधि तथा व्यवस्थापन प्रणाली सुरक्षित राख्न अत्यन्त संवेदनशील र प्रतिबद्ध रहेको जनाएको छ भने कम्पनीको गोपनीयता नीति तथा प्रयोगका सर्तहरु वेबसाइटमा उल्लेख गरेको समेत प्रष्ट पारेको छ। 

तर विज्ञहरुका अनुसार नैतिक नैतिक सम्झौताकाका आधारमा  वेवसाइट डेभलप तथा विद्युतिय कारोबारको लागि विस्वास गरिएको हुन्छ । 

सिरानटेकका सञ्चालकले त्यो नैतिक सम्झौता तोडेर विश्वासघात गरेपिछ उनैले सञ्चालन गरेको इसेवामा विस्वास गर्ने आधार नभएको प्रविधि विज्ञहरुको भनाई छ ।   

पढ्नुहाेस् : नेपालका ४८ बैंक तथा वित्तीय संस्था ह्याकरको जोखिममा, ग्राहककाे पैसा असुरक्षित भएपछि झस्किए बैंकरहरु


 

४ बर्ष अगाडि

प्रतिक्रिया