सानिमा बैंक र दराज क्येमू अनलाइन बीच महत्वपुर्ण समझौता

४ बर्ष अगाडि

 सानिमा बैंक लिमिटेड र दराज क्येमू बीच अनलाइन सामान खरिदमा विशेष सुविधा प्रदान गर्ने सम्झौता भएको छ । 


दराज अनलाइनमा उल्लेख गरिएकोे र बिग मार्टमा उपलब्ध हुने हरेक सामान अनलाइनबाट अर्डर गरी सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट बिल भुक्तानी गर्दा १०५ वा अधिकतम ५०० सम्मको छुट प्राप्त गर्न सक्नेछन् । 


यसका साथै १५०० भन्दा माथिको खरिदमा निःशुल्क होम डेलिभरीको पनि व्यवस्था गरिएको छ ।  


यो योजनामा सहभागी हुन सानिमा बैंकका ग्राहकले आउँदो चैत्र २६ गतेसम्म दराजमार्फत् बिग मार्टका सामान अनलाइन  खरिद गर्नुपर्ने छ ।  

४ बर्ष अगाडि

प्रतिक्रिया