नेपालले प्रकृतिको दोहनको विरोधमा विश्वको नेतृत्व गर्नुपर्छ : गोकुल बाँस्कोटा

३ बर्ष अगाडि

निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कोरोना भाइरसले निम्त्याएको महामारीपछि नेपालले प्रकृतिको अन्धाधुन्ध दोहनको विरोधमा विश्वको नेतृत्व गर्नुपर्ने विषयमा बहस सिर्जना गरेका छन् । 

विश्वमा रोगव्याधि फैलिनुको मुख्य कारण वातावरण विनाश भएको र वातावरण विनाशमा नेपालको भूमिका धेरै नभएपनि ठूलै असर भोग्नु परेको भन्दै  नेपालले अब विनासको विरुद्धमा नेतृत्व गर्नुपर्ने बहस सिर्जना गरेका हुन्  । 

‘रोगव्याधि फैलिनुको मुख्य कारण वातावरण विनाश हो भन्ने सुनिन्छ । हिमाल, हिमनदि, हिमताल, घना जंगल भएको हाम्रो देशले पृथ्विको वातावरण विनाश गराउन खेलेको भमका निक्कै सानो छ । तर वातावरण विनाशको ठूलै असर हामी भोग्नुपर्दै छ’, पूर्वमन्त्री बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका छन्, ‘कोरोनाको महामारीपछि नेपालले प्रकृतिको अन्धाधुन्ध दोहनको विरोधमा संसारभरी उठेको आवाजलाई नेतृत्व दिन सक्छ कि सक्दैन ? सक्छ भने यसका लागि के गर्नुपर्छ ?’

फेसबुकमा उनको बिचार जस्ताको तस्तै :

                                                                                                                    कोरोनाले उब्जाएका कुरा 

कोरोनाको महामारी ढिलोचांडो सकिएर जान्छ । प्रकृति संग संघर्ष गर्दै आएको मानव जातिको क्षमताको कारण यसले धेरै दिन दुख नदेला । यो हामीबाट जांदै गर्दा यसले हामीले रोजेको विकासको मोडल, हाम्रो अर्थतन्त्र, हाम्रो सामाजिक संस्कार र जिवनपध्दती, हाम्रो वातावरण, हाम्रो मनोविज्ञान, हाम्रो शिक्षा, हाम्रो स्वास्थ्य प्रणालीमा कस्तो प्रभाव छोड्ला त ?

कोरोनाले गर्दा धेरै युवाहरु रोजगारीका लागि विदेश जान पाएका छैनन् । यो महामारीले छोडेर जाने विश्वव्यापी आर्थिक मन्दिका कारण विदेशतिर उध्धोग कलकारखाना बन्द भए भने अथवा केही समयका लागि तिनिहरुको आर्थिक अबस्था कमजोर भयो भने त्यां काम गर्ने नेपाली युवाहरु बेरोजगार बन्नेछन् र घर फर्किनेछन् । त्यतिबेलाको बेरोजगारी र रेमिट्यान्सको कमिलाई हामीले कसरि व्यवस्थापन गर्न सक्छौ ?

कोरोनाले कृषि क्षेत्रमा चुनौति संगै अबसर पनि ल्याएको छ । समृद्ध नेपाल, सुखि नेपालीको अवधारणाले जिविकामुखी कृषिलाई व्यवसायमुखी आधुनिक कृषिमा बदल्ने र कृषि उपजको उत्पादनमा देशलाई आत्मनिर्भर बनाउने संकल्प लिएको छ । योसंगै हामीले अग्र्यानिक उत्पादनबारे पनि सोँच्नुपर्ला । कोरोनाको कारण कृषि उत्पादनको आयात साघुरिएको यो समयलाई हामी कृषि क्षेत्रको विकास गर्नेगरी उपयोग गर्न सक्छौ कि सक्तैनौ ?

नेपालमा गाउलाई सहरले निल्दै गएको छ । पारिवारिक र सामाजिक सम्बन्ध कमजोर बन्दै गएको छ । हाम्रो जिवनपध्दतिको मौलिकता हराउदै गएको छ । यस्तोमा अहिले कोरोनाले सामाजिक दुरी कायम गर्न हामीलाई बाध्य पारेको छ । यो महामारीपछि हाम्रो सामाजिक मुल्य र जिवनपद्धतिको मौलिकतालाइ जोगाउन हामीले गर्नसक्ने काम केही हुनसक्छ कि सक्तैन ?

रोगव्याधि फैलिनुको मुख्य कारण वातावरण विनाश हो भन्ने सुनिन्छ । हिमाल, हिमनदि, हिमताल, घना जंगल भएको हाम्रो देशले पृथ्विको वातावरण विनाश गराउन खेलेको भिमका निक्कै सानो छ । तर वातावरण विनाशको ठूलै असर हामीले भोग्नु पर्दै छ । कोरोनाको महामारीपछि नेपालले प्रकृतिको अन्धाधुन्ध दोहनको विरोधमा संसारभरी उठेको आवाजलाई नेतृत्व दिन सक्छ कि सक्दैन ? सक्छ भने यसका लागि के गर्नुपर्छ ?

सत्यलाई लखेटने र लखेटिने क्रम चल्दै आएको छ । चल्दै पनि जाला । आफु नांगिएर अरुलाई नंग्याउने दाउपेच चल्दै गर्दा हामीले महामारीपछि अपनाउनुपर्ने बाटोबारे सोच्न, सुझाव दिन पनि ध्यान दिए राम्रै होला कि ?

मैले यसो भन्दा प्रिअकुपाइड माइन्डसेट भएका र डीप फेकको सिकार बनेकाहरुले के भन्छन् भन्ने पनि मलाई था छ । तर अध्यारोको राज सुर्य नझुल्किन्जेललाई मात्र हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया