कुमारी बैंकका ग्राहकलाई बिगमार्टमा १० प्रतिशत छुट

४ बर्ष अगाडि

काठमाडौं– कोरोना महामारीले निम्त्याएको देशव्यापी लकडाउनको परिस्थिति र भौतिक बजारहरु पहुँचमा नभएको परिवेशलाई ध्यानमा राखी, कुमारी बैंक लिमिटेडले दराजमार्फत बिगमार्टमा खाद्यान्नलगायत अत्यावश्यक दैनिक उपभोग्य सामग्रीको खरिदमा १०५ सम्मको आकर्षक छुटको प्रावधान गरेको छ ।


सो सहमतिपश्चात् कुमारी बैंकका डेबिट÷क्रेडिट कार्डवाहकहरुले दराजमार्फत बिगमार्टबाट आफूलाई चाहिने अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरु झन्झट बिना आफ्नै घरदैलोमा प्राप्त गर्न सक्नेछन ।


लकडाउनको यस विषम परिस्थितिमा पनि बैंकले आफ्ना ग्राहकहरुलाई देशव्यापी सक्रिय एटिएम, डिजिटल÷अनलाइन बैंकिङ्ग सेवालगायत नगद काउन्टर, रेमिट्यान्सलगायत एलसी, ग्यारेन्टी सुविधाहरू उपलब्ध गराउंदै आएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया