रिचार्ज बराबरकै रकम बोनस प्राप्त भएपछि रिचार्ज गर्नेको संख्यामा कमी

४ बर्ष अगाडि


काठमाडौँ । दूरसञ्चार सेवा प्रदायकले रिचार्जमा शतप्रतिशत बोनस उपलब्ध गराउन थालेपछि रिचार्ज गर्ने प्रवृत्ति घटेको छ । एकपटकको रिचार्जमा सोही रकम बराबरकै बोनस प्राप्त हुने भएकाले उक्त बोनस र मूल ब्यालेन्स नसकिँदासम्म प्रयोगकर्ताले थप रिचार्ज नगरेको सेवा प्रदायकले जनाएका छन् । यसले निरन्तर आम्दानीमा असर थपिएको सेवा प्रदायकको दाबी छ ।
सेवा प्रदायकका अनुसार शतप्रतिशत बोनसको व्यवस्थाले रिचार्ज गर्ने प्रवृत्ति ५० प्रतिशतसम्म घटेको छ । बोनस प्राप्त हुँदा पहिले त्यही प्रयोग हुने र सकिएपछि मात्र मूल ब्यालेन्स प्रयोग हुँदा रिचार्जमा स्वभाविक प्रभाव परेको छ, नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए । यसले रिचार्ज गर्ने प्रवृत्ति सामान्य अवस्थामा भन्दा कुनै दिन ५० प्रतिशतसम्म कम देखिएको उनले जानकारी दिए। पर्याप्त बोनस ब्यालेन्स उपलब्ध भएपछि रिचार्ज केही घटेको एनसेलले जनाएको छ । तत्कालै समग्र आम्दानीमा यसको प्रभाव नदेखिए पनि एक महिनासम्मको बोनस सुविधापछि असर देखिनसक्ने कम्पनीले जनाएको छ । गोरखापत्रमा खबर छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया