काठमाडौंका घाटमा आउने शव ४२ प्रतिशत घटे

३ बर्ष अगाडि

कोरोना संक्रमण नियन्त्रणका लागि देश लकडाउनमा हुँदा काठमाडौंमा मृत्यु हुनेको संख्या नाटकीय रूपले घटेको छ । विदेशबाट आउने शव रोकिनु, उपत्यकाबाहिरबाट उपचारका लागि काठमाडौं आउने क्रम घट्नु र सडक दुर्घटना प्रायः शुन्य हुनुलगायतले मृत्यु हुने संख्या घटेको अनुमान गरिएको छ । पशुपतिलगायतका घाटहरूमा दैनिक हुने शव दहनको संख्या करिब ४२ प्रतिशतले घटेको छ ।

पशुपतिनाथ मन्दिरस्थित भष्मेश्वरघाट उपत्यकाभित्र सबैभन्दा व्यस्त घाट हो । लकडाउन हुनुअघिका दश दिनमा यहाँ दाउरा र विद्युतीय शव दहन गृहमा एक सय ८१ श्व दहन भएका थिए । तर, लक डाउन भएपछिका ११ दिनमा १७ मात्रै शव दहन भएका छन् । नयाँ पत्रिकामा खबर छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया