नेपाल आउने औषधीका कच्चा पदार्थ भारतले रोक्यो, जडिबुटीमा पनि भारतको भरपर्दा औषधी उद्योगमा संकट शुरु

४ बर्ष अगाडि

भारतले नेपालतर्फ ल्याउने औषधी र केही कच्चापदार्थ सिमानाकामा रोकेपछि कच्चा पदार्थमा पनि भारतको भरपर्ने  औषधी उद्योगमा संकट शुरु भएको छ । 

संभव हुने जडिबुटी खेती नेपालमै गर्न नसक्दा वीरगंज–पथलैया औद्योगिक करिडोरका १४ वटा उद्योगहरुमा संकट शुरु भएको हो । 

तीन दिनयता नेपालका लागि आउने औषधि उद्योगका सहायक कच्चा पदार्थ रक्सौल भन्सारले रोकिदिए ती उद्योग बन्दको संघारमा पुगेका छन्।

भारतेले कोरोना संक्रमण शुरु भएपछि आफ्नो देशबाट २६ प्रकारका औषधी निर्यात नगर्ने सूचीमा राखेको छ । तर ती औषधीका कच्चापदर्थ निर्यातमा रोक लगाएका औषधिभित्र पर्दैनन् । 

अहिले भारतको रक्सौल नाकामा नेपाल आउने दर्जनौं ट्रकलाई भारतीय कस्टमले जाँचपास नदिएर रोकेको र त्यही ट्रकमा औषधीका कच्चा पदार्थ पनि रहेको नेपाल औषधी उत्पादक संघका कोषाध्यक्ष तथा वीरगंजको मारुती फर्मास्युटिकलका प्रबन्ध निर्देशक प्रभात रुगंटाले बताए । 

‘नेपाली उद्योगका सहायक कच्चा पदार्थ, औषधी प्याकिङ गर्ने समान र भिटामिन बी-१२ र भिटामिन बी-६ लगायत रक्सौल भन्सारको गोदाममा तीन दिनदेखि थन्केर बसेको छ’, उनले भने, ‘भंसारले छाडेन भने हाम्रा उद्योग बन्द गर्नुपर्ने अवस्था आइसक्यो ।’

संसारभर धेरै कम्पनीले औषधिको कच्चा पदार्थ चीनबाट झिकाउँछन्। भारतका सबैजसो औषधि उत्पादक कम्पनीले पनि चीनबाटै बल्कमा कच्चा पदार्थ खरिद गर्ने गरेका छन्। चीनमा कोरोना भाइरसको प्रकोपपछि बन्द भएको निर्यात अझै सहज भइसकेको छैन।

चीनबाट बल्कमा खरिद गर्ने कम्पनीबाट नेपाली कम्पनीले औषधिका कच्चा पदार्थ खरिद गरिआएका छन्। सूचीमा नपरेका औषधि, कच्चा पदार्थ र सहायक सामाग्री पनि भित्रयाउन नपाउँदा मर्का परेको नेपाली औषधि उद्योगीको भनाइ छ । 

चीनबाट कच्चा पदार्थ आउन बन्द भएपछि युरोपेली र अमेरिकी कम्पनीले भारतबाट आयात गर्ने अवस्था आएको थियो। कोरोनाको संक्रमण दर बढ्दो स्थितिमा रहेको देखेर भारतले आन्तरिक आवश्यकतालाई ध्यानमा राख्दै पारासिटामोलदेखि एन्टीबायोटिकसम्मका २६ प्रकारका औषधि र तिनका कच्चा पदार्थ निर्यातमा रोक लगाएको छ।

‘वीरगंज करिडोरका चारवटा उद्योग बन्द भइसकेका छन् र बाँकी १० वटा उद्योग पनि भारतीय भन्सार अधिकारीको कारण बन्द हुने अवस्थामा पुगिरहेका छन्,’ रुगंटाले भने।

अत्यावश्यक उद्योग सञ्चालन गर्न सरकारले आग्रह गरेकाले लकडाउन हुँदा पनि वीरगंजबाट कामदार उद्योगमा पुगेका छन् तर कच्चा पदार्थ अभावले बन्द गर्नुपर्ने अवस्था आएको उद्योगीहरु बताउँछन्।

वीरगंज करिडोरमा प्राइम, समर, युनिक, जिडी फर्मास्युटिकल्सलगायत उद्योग बन्द भइसकेका छन् । उद्योगीका अनुसार नेशनल हेल्थ केयर, क्वेस्ट, एनपीएल, म्याग्नस, एपेक्स, मारुति, सुप्रिम, आर्या र  भाष्कर हर्बास्यूटिकल्स सञ्चालनमा छन्।

चीनबाट कच्चा पदार्थ आउन बन्द भएपछि युरोपेली र अमेरिकी कम्पनीले भारतबाट आयात गर्ने अवस्था आएको थियो। कोरोनाको संक्रमण दर बढ्दो स्थितिमा रहेको देखेर भारतले आन्तरिक आवश्यकतालाई ध्यानमा राख्दै पारासिटामोलदेखि एन्टीबायोटिकसम्मका २६ प्रकारका औषधि र तिनका कच्चा पदार्थ निर्यातमा रोक लगाएको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया