चीनबाट सहयोग लिने अबस्थामा पुग्यो अमेरिका, १ हजार थान भेन्टिलेटर प्राप्त भएपछि न्यूयाेर्कमा ठूलाे राहत महसुस

४ बर्ष अगाडि

कोरोना भाइरसको महामारीले गर्दा आफूलाई महाशक्ति ठान्दै आएको अमेरिका पनि चीनबाट मेडिकल सामग्री सहयोग लिने अवस्थामा पुगेको छ । अमेरिकामा दिनहुँ हजारौँ मानिस संक्रमित हुने र सयौँको संक्रमणका कारण मृत्यु हुन थालेपछि चीनले अमेरिकालाई सहयोग स्वरुप भेन्टिलेटर पठाएको हो । 

चीनले अमेरिकाको सबैभन्दा बढी कोराना प्रभावित राज्य न्युयोर्कका लागि १ हजार थान भेन्टिलेटर उपलब्ध गराएको छ । 

न्युयोर्क राज्यका गभर्नर एन्ड्रिउ कुमोले भेन्टिलेटर उपलब्ध गराएको भन्दै चीनप्रति आभार व्यक्त गरे । 

कोरोनाको संक्रमणदर उच्च भएपछि न्युयोर्कमा भेन्टिलेटरको अभाव छ । समस्याको बेला चीनको सहयोगले न्युयोर्क राज्यलाई राहत मिलेको गभर्नर कुमोले बताए । 

उनका अनुसार त्यहाँ अमेरिकी केन्द्र सरकारबाट समेत थप १४० भेन्टिलेटर उपलब्ध हुने छन् । 

पछिल्लो तथ्यांक अनुसार, न्यूयोर्कमा  मात्रै १ लाख १३ हजार मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन । 

कोरोनाको इपिसेन्टर बनेको अमेरिकाका ३ लाख मानिसमा कोरोनाको संक्रमण भेटिएको छ भने झण्डै ८ हजार मानिसको ज्यान गएको छ । न्युयोर्कमा एकैदिन ६३० जनाको ज्यान गएको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया