अन्ततः कोरोना भाइरस परिक्षण सामग्री किन्ने जिम्मा नेपाली सेनालाई

४ बर्ष अगाडि

व्यापक विरोधका बीच सरकारले कोरोना भाइरससम्बन्धी स्वास्थ्य सामग्री किन्ने जिम्मा नेपाली सेनालाई दिएको छ।

शनिबार बसेको मन्त्रीपरिषद बैठकले नेपाली सेनालाई स्वास्थ्य सामग्री किन्ने जिम्मेवारी दिइएको हो । 

आइतबार बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता रहेका अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले यसबारे जानकारी दिएका थिएनन् । 

तर सेनाले आइतबार भिडिओ कन्फरेन्समार्फत आफूलाई स्वास्थ्य सामग्री किन्ने जिम्मेवारी दिएको बताउँदै  जिम्म्मेवारी इमान्दारीसाथ पूरा गर्ने बताएको छ।

‘हामी गुणस्तरमा सम्झौता गर्दैनौं, विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार खरिद गर्छौ, सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले भने । 

रक्षा मन्त्रालयले स्वास्थ्यसँग समन्वय गरेर जिटुजीमार्फत स्वास्थ्य सामाग्री ल्याउने जिम्मेवारी दिएको जानकारी दिँदै उनले आफूहरुले मध्यस्तता प्रयोग नगर्ने बताए । 

यसअघि स्वास्थ्य सामग्री किन्न ओम्नी इन्टरनेसनल कम्पनीलाई जिम्मेबारी दिएपनि अनियमितता भएको भन्दै चौतर्फी आलोचना भएपछि सम्झौता रद्द गरिएको थियो । 

त्यसपछि सरकारले नेपाली सेनालाई स्वास्थ्य सामग्री किन्ने जिम्मा दिने हल्ला चलेपछि चाैतर्फी आलोचना भएको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया