लकडाउनले दुग्ध क्षेत्रमा ठूलो असर

४ बर्ष अगाडि

काठमाडौँ। कोभिड–१९ (कोरोना भाइरस)का कारण गरिएको लकडाउनले गर्दा दुग्ध क्षेत्रलाई निकै प्रभावित पारेको छ ।
लकडाउनका कारण ३० प्रतिशत दूध मात्र बजारमा जान्छ । अरू बाँकी ७५ प्रतिशतले दूधलाई फ्यालिन्छ कि गाईगोरुलाई खुवाउँछन् या पनिर, दही बनाएर राख्छन् । दूधको मुख्य बजार नै काठमाडौँ उपत्यका हो । लकडाउनका कारण झन्डै तीन लाखभन्दा बढी मानिस काठमाडौँ उपत्यका छाडिसकेका छन् ।
होटल, रेस्टुरेन्ट सबै बन्द छन् । त्यसले गर्दा दूधको खपत ह्वात्तै घटेको डेरी उद्योगी एवं डेरी उद्योग सङ्घका निवर्तमान अध्यक्ष अरनिको राजभण्डारीले बताउनुभयो । पनिर, दही पनि कति बनाउनु, त्यो पनि समयमा बिक्री नहुँदा बिग्रिन्छ, उहाँले भन्नुभयो, अहिले हामीले किसानबाट ५० प्रतिशत दूध मात्र लिन्छौँ, अरू बाँकी ५० प्रतिशत दूध किसानले आफैँ व्यवस्थापन गरेका छन् ।गोरखापत्रमा खबर छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया