उच्च क्षमताको मेसिन गुपचुप राखेर नयाँ माग

४ बर्ष अगाडि

कोरोना परीक्षण गर्न पिसिआर मेसिन र किट नभएको भन्दै गण्डकी प्रदेश सरकारले सुरुका केही दिन सम्भावित संक्रमितको नमुना संकलन गर्दै काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठायो। 

मेसिन र किट अभाव भएको ठानेर संघीय सरकारले अघिल्लो साता कोरोना परीक्षण गर्ने एउटा पोर्टेबल मेसिन, केही किट, आवश्यक सामग्री र प्राविधिक पोखरा पठायो।

दुई लाख रुपैयाँ बढी भाडा तिरेर हेलिकोप्टरमा ती सामान ल्याइएपछि पोखरामै सम्भावित कोरोना संक्रमितको नमुना परीक्षण थालिएको भनेर  प्रचारप्रसार गरियो। 

काठमाडौंबाट ल्याइएको मेसिनबाट नमुना परीक्षण सुरु भएको सबैतिर चर्चा भयो। तर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) को प्रयोगशालामा रहेको अर्काे पिसिआर मेसिनबारे भने सबै मौन बसे।

काठमाडौंबाट हेलिकोप्टर चार्टर गरेर ल्याइएको मेसिनभन्दा धेरै गुणा क्षमतायुक्त र भरपर्दाे मेसिन पोखरामै (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) भए पनि यहाँ कोरोना परीक्षण प्रयास नगरी मेसिन र किट नभएको भन्दै संकलित नमुना काठमाडौं पठाइयो। पोखरामा रहेको सो मेसिन बिग्रिएको भनेर पदाधिकारी पन्छिन खोजे। नागरिक दैनिकमा खबर छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया