प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै , आर्थिक प्याकेजका कार्यक्रमको घोषणा गर्ने संभावना

४ बर्ष अगाडि

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका कामबारे जानकारी दिन प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रको नाममा सम्बोधन गर्दै छन् ।

बिहान ११ बजे बालुवाटारस्थित निवासबाट राष्ट्रका नाममा सम्बोधन गर्न लागेको  उनको सचिवालयले जनाएको छ । 

प्रधानमन्त्री ओलीको सम्बोधनको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनले गर्नेछ । यसअघि प्रधानमन्त्रीले ८ चैतमा देशवासीका नाममा सम्बोधन गरेका थिए ।

प्रधानमन्त्रीले मंगलबार गर्ने केही आर्थिक प्याकेजका कार्यक्रमको घोषणा गर्ने तयारी गरिएको बताइएको छ ।

 साथै उनले आम नेपालीलाई नआत्तिन र लकडाउनको पूर्णपालना गर्न आग्रह गर्ने बताइएको छ ।

सरकारले ११ चैतदेखि सुरु भएको लकडाउनको अवधि बढाएर ३ वैशाखसम्म पु¥याएको छ । 

 राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार देशवासीका नाममा सम्बोधन गरेकी थिइन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया