नेपाल पुनर्बीमा कम्पनीको आईपीओ भोलि बिहानै बाँडफाँड हुने

३ बर्ष अगाडि

काठमाडौं – नेपाल पुनर्बीमा कम्पनीको आईपीओ भोलि बुधबार बाँडफाँड हुने भएको छ । सरकारले लकडाउन बढाएपछि भोलि बिहान ७ः३० बजे नै आईपीओ बाँडफाडँ गर्ने तयारी गरिएको हो । 

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्ध आरबीबी मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत बद्रि प्याकुरेलले बुधबार बिहान आईपीओ बाँडफाँड गरिने बताए ।
कम्पनीले गत चैत ४ गतेदेखि १ अर्ब ६० करोड रुपैयाँ बराबरको शेयर निष्काशन गरेको थियो । त्यसमा १ करोड ५१ लाख भन्दा बढी कित्ता सर्वसाधरणलाई छुट्टाइएको  थियो । तर त्यसमा 
४ लाख ९ हजार ७२२ जना लगानीकर्ताले ५ अर्ब ७५ करोड ४७ लाख ३५ हजार रुपैयाँ बराबरको आवेदन दिएका छन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया