कोरोनाबाट मृत्यु हुनेको संख्या झण्डै साढे ७४ हजार पुग्यो, अमेरिकामा एकैदिन एक हजार २ सय ५२ जनाको मृत्यु

४ बर्ष अगाडि

कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण कारण विश्वमा मृत्यु हुनेहरुको संख्या झण्डै साढे ७४ हजार पुगेको छ ।

मंगलबार बिहान यो समाचार तयार पार्दासम्म ७४ हजार ७ सय ६७ जनाको मृत्यु भएको यसको तथ्यांक संकलन गरेको वल्र्डडोमिटरले जनाएको छ । 

यो अबधिसम्म अनुसार १३ लाख ४७ हजार २ सय ३५ जना यो भाइरसबाट संक्रमित भएका छन् । त्यसामध्ये २ लाख ८६ हजार २ सय ३४ जना निको भइसकेको सो विश्वविद्यालयले जनाएको छ । 

संक्रमित मध्ये ९ लाख ३८ हजार ८ सय ८१ अर्थात ९५ प्रतिशत सामान्य अवस्थामा छन् भने ४७ हजार ३ सय ५३ जना अर्थात ५ प्रतिशतको अवस्था गम्भिर छ । 

ईटलीमा एकैदिन ६ सय ३६ जनाको मृत्यु भएको छ । हिँजो सम्म मृतकको संख्या १५ हजार ८ सय ८७ जना रहेको इटलीमा आज मृत्यु हुनेको कुल संख्या १६ हजार पाँच सय २३ पुगेको छ ।
त्यस्तै नयाँ संक्रमित पनि तीन हजार ५ सय ९९ जना थपिएर संक्रमितको संख्या एक लाख ३२ हजार पाँच सय ४७ पुगेको छ । 

त्यस्तै स्पेनमा १३ हजार ३४१, संयुक्त राज्य अमेरिकामा १० हजार ९ सय ४१ जनाको मृत्यु भएको छ । अमेरिकामा सोमबार मात्रै ३० हजार ३ सय ३१ जना नयाँ संक्रमित फेला परेर एक हजार २ सय ५२ जनाको एकैदिन मृत्यु भएको थियो । आज फेरी अमेरिकामा ७० जनाको मृत्यु भएको छ । 

अमेरिकाको न्युयोर्क र  न्युजर्सी राज्य महामारीबाट सबैभन्दा धेरै प्रधावित बनेका छन् । 

त्यस्तै फ्रान्समा ९८ हजार १० जना संक्रमितमध्ये ८ हजार ९ सय ११ जनाको मृत्यु भएको छ । 

त्यस्तै यूकेमा ५१ हजार ६ सय ८ जना संक्रमितमध्ये ५ हजार ३ सय ७३ जनाको मृत्यु, इरानमा ६० हजार ५ सय जना संक्रमित मध्ये ३ हजार ७ सय ३९ जनाको मृत्यु भएको छ । 

त्यस्तै चीनमा ८१ हजार ७ सय ८ मध्ये ३ हजार ३ सय ३१ जनाको मृत्यु भएकोमा चीनमा नयाँ संक्रमित भेटिने र मृत्यु हुने क्रम रोकिएको छ । 

नेदरल्याण्डमा १८ हजार ८ सय ३ जना मध्ये १ हजार ८ सय ६७, जर्मनीमा १ लाख ३ हजार ३ सय ७५ जनामध्ये १ हजार ८ सय १० जना, बेल्जियममा २० हजार ८ सय १४ मध्ये १ हजार ६ सय ३२ जनाको मृत्यु भएको छ । 
त्यस्तै स्वीजरल्याण्डमा ७६५, टर्कीमा ६४९, ब्राजिलमा ५६५, स्विडेनमा ४७७, क्यानडामा ३२३, पोर्चुगलमा ३११ तथा अष्ट्रेलियामा २२० को मृत्यु भएको छ । 

त्यस्तै इण्डोनेसियामा २०९, इक्वेडरमा १९१, डेनमार्कमा १८७, दक्षिण कोरीयामा १८६, रोमानियामा १७६, आयरल्याण्डमा १७४, अल्जेरियामा १७३, फिलिपिन्समा १६३, भारतमा १३६ पोल्याण्डमा १०७, मेक्सिकोमा ९४ जनाको मृत्यु भएको छ । 

जापानमा ९२, पेरुमा ९२, डोमेनिक रिपब्लिकमा ८६, इजिप्टमा ८५, मोरक्कोमा ८०, ग्रिसमा ७९, चेकमा ७८, नर्वेमा ७६, इराकमा ६४, मलेसियामा ६२, सर्भियामा ५८, इजरायलमा ५७, पानामामा ५५, पाकिस्तानमा ५३ र अर्जेण्टिनामा ५३ जनाको मृत्यु भएको छ । यसबाहेक अन्य देशमा मृतकको संख्या ५० भन्दा कम छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया