कृषिलाइ निरन्तरता दिने उपायको खोजीमा सरकार,  संकटपछि सरकार नेपालको आर्थिक विकासलाई गति दिने

४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीको संकटपछि सरकारले अािर्थक विकासलाई गति दिन क्रियाशिल हुने बताएका छन् । 

आज राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री अ‍ोलीले यस्तो बताएका हुन् । ‘म विश्वास दिलाउन चाहन्छु – सङ्कटको बेलामा पनि र सङ्कटपछि पनि सरकार तपाइँहरुसँगै रहेर नेपालको आर्थिक विकासलाई गति दिन क्रियाशील हुनेछ’, उनले भने । 

यसका लागि सरकारले कृषि कार्यलाई निरन्तरता दिने उपयुक्त उपायको खोजी गरिरहेको प्रधानमन्त्रीको भनाई छ । 

यो अबस्थामा पनि अर्थतन्त्रलाई गतिशील राख्न आवश्यक सुरक्षाविधि सुनिश्चित गरी कतिपय मेगा प्रोजेक्टहरुको निर्माण जारी राखिएको छ उनको भनाई छ ।  

महामारीको बेला रोजगारी गुमाएर कोही पनि श्रमिक भोकै पर्नु नपरोस् भनेर सरकारले स्थानीय तहहरुको संयोजनमा राहत वितरण गरिरहेको उनले बताए । 

४ बर्ष अगाडि

प्रतिक्रिया