दिपिका किन रिसाईन् रणवीर सँग ?

५ बर्ष अगाडि


दीपिका पादुकोण र रणवीर सिंहबीच विवाह हुने चलिरहेको छ ।

उनीहरुले यसैवर्ष विवाह गर्ने चर्चा चलिरहेको छ । तर दुबै कलाकारले आफूहरुको अफियरबारे केही भनेका छैनन् भने विवाहका बारेका सार्वजनिक रुपमा केही भनेका छैनन् ।

हाललै एक अवसरमा जब दीपिकासँग यस वर्षको नोभेम्बरमा उनको विवाहको चर्चाबारे प्रश्न गरियो तव उनी निकै रिसाइन् ।

वास्तवमा दीपिका यो कार्यक्रममा डिप्रेशनको बारेका कुराकानी गर्न पुगेकी थिइन् । यो कार्यक्रममा आफ्नो डिप्रेशनको अनुभवलाई उनले कार्यक्रममा सहभागीसँग शेयर गरिरहेकी थिइन् तर कसैले उनलाई विवाहको बारेमा प्रश्न गरे । रणवीरसँग विवाह को कुरा सोध्दा उनी रिसाइन् ।

उनले भनिन्,‘ म निश्चित रुपमा यो प्रश्नको जवाफ दिन्न । यो निकै असम्बेदनशील प्रश्न हो । ’ दिपीकाको भनाइ थियो कि यस खालका कार्यक्रम जहाँ एक गम्भीर मुद्दामा बहस भइरहेको समयमा यस्तो प्रश्न सोध्नु निकै असंवेदनशील प्रश्न हो। 

आफू डिप्रेशनको पीडामा रहीसकेको भन्दै उनले बेलाबेलामा डिप्रेशनबाट जोगिनका लागि बेला बेलामा शोहरु गर्दै आइरहेका छन् । 

दीपिका पद्मावत फिल्ममा खेलपछि खाली छिन् । उनले कुनै फिल्म नपाएको भारतीय फिल्म उद्योगमा चर्चा छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया