‘हामीलाई मार्ने कि बचाउने तपाइँहरुको हातमा’

३ बर्ष अगाडि

लकडाउनको कारण औषधी नपाउँदा दीर्घरोगी तथा नियमित औषधी लिनुपर्ने बिरामीहरु समस्यामा परेका छन् । लकडाउनको कारण औषधी पसलहरु बन्द हुने गरेको र अस्पतालल कोरोना संक्रमणको आशंकामा बिरामी नहेरेपछि दम, मधुमेह लगायतका दीर्घरोग तथा नियमित औषधि लिनुपर्ने मुटु, मृगौला सम्बन्धि समस्या, मानसिक रोग एवं एचआईभी भएकाहरुलाई  औषधी नपाएर समस्यामा पर्न थालेका हुन्। दीर्घरोहरु खतरा हुने भएकोले औषधी छुटाउन नहुने खालका हुन्छन् । 

वीर अस्पतालका चेष्ट युनिट प्रमूख डा अशेष ढुंगानाका अनुसार नेपालमा प्रत्येक १० जनामध्ये एकजनामा दीर्घ श्वासप्रश्वास (दम)को समस्या छ । नेपालमा ३ करोड जनसंख्यामा ३० लाख मानिसमा सीओपीडी दम रोग रहेको डा ढुंगाना बताउँछन् । दम खतरनाक दीर्घरोग भएको चिकित्सकहरु बताउँछन् ।  

नेपालमा डायबिटीज अर्थात मधुमेहका बिरामी ४० वर्ष उमेर समूहका करिव १५ प्रतिशत र  सो उमेर समूहभन्दा माथिका करिव १९ प्रतिशत रहेको तथ्यांक छ । नेपालमा डायबिटीजसम्बन्धी अध्यन गर्ने संस्था आइडिएफले सन् २०१५ सम्ममा ५ लाख २६ हजार मानिसहरुमा डायबिटीज भएको तथ्यांक सार्वजानिक गरेको थियो।

 हर्टअट्याक हुने, मष्तिक पक्षघात हुने, अन्धोपन र मृगौला फेल हुने मुख्य कारण डायबिटीज भएर नै हो। डायबिटीज आफैंमा जोखिमको कारक तत्व हो हो। डायबिटीज भएपछि जीवनभर औषधी खाँदा समेत रोग निर्मुल नहुने भएकाले चिकित्सकहरुले डायविटीजलाई ‘खतरनाक रोग’ को संज्ञा दिएका छन्।
 
विश्वमा यो रोगबाट मर्नेमध्ये ५ प्रतिशत डायबिटीजका रोगी रहेका छन्। यदि तत्काल कुनै प्रभावकारी कदम नचालिएमा आउँदो १० वर्षमा डायबिटीजबाट ज्यान गुमाउनेको संख्या ५० प्रतिशतले बढ्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ।
 
यस्तै एआरटी सेन्टरबाट औषधि सेवन गर्दै आएका एचआईपी संक्रमितहरुले पनि एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान कडाइ गरेपछि समस्या भएको बताएका छन् । राष्ट्रिय एचआईभी एड्स महासंघले संक्रमितहरुको घरघरमा औषधि पुर्‍याएर सहजता प्रदान गरेपनि अनिवार्य पास लिनुपर्ने र सवारी साधन बन्द भएको अवस्थामा समस्या परेको महासंघका अध्यक्ष राजेश दिदियाले जानकारी दिए।

हाल नेपालमा एआरटी लिनेको संख्या  १८ हजार ५ सय ५५ छ । हाल देश भर ८० वटा एआर्टी सेन्टरबाट एचआईभी संक्रमितहरुले औषधि लिदै आएका छन्।

याे बाहेक मानसिक समस्याकाे औषधि सेवन गर्ने विरामीहरूकाे समस्या पनि उस्तै छ । नियमिन डायलाेसिस गरिरहेका मृगाैला पीडित तथा क्यान्सरका बिरामीले पनि समस्या भएकाे गुनासाे गरेका छन् । 

मधुमेहको औषधी लिँदै आएका बरिष्ठ पत्रकार चक्रपाणि गौतमले आफूले औषधी लिन नपाएको बताए । ७६ वर्षीय गौतमले नेपाल प्रेस काउन्सिल पुगेर आफूले न्यूरोडको पसलबाट नियमित लिने गरेको भएपनि औषधि नपाएकोले समस्या भएको गुनासो गरे ।

गौतमको काउन्सिलमा भने ‘इन्सुलिनको इन्जेक्सन नलाएको ६ दिन भयो, हामीलाई मार्ने कि बचाउने तपाइँहरुको हातमा ।’ 

प्रेस काउन्सिलका का.बा. अध्यक्ष किशोर श्रेष्ठको पहलमा अहिले गौतमलाई औषधि खोज्ने काम भैरहेको छ । तर गौतमजस्ता हजारौँ बिरामीहरु भने औषधी नपाएर तनावमा छन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया