कालोबजारीमा ठूला उद्योगी :  ५ हजारकाे थर्मल गन १५ हजारमा बेच्दै गर्दा जगदम्बा सिमेण्टका मालिक पक्राउ

४ बर्ष अगाडि

जम्मा पाँच  हजार पर्ने थर्मल गन १५ हजारमा बेचेर कालोबजारी गर्दै गर्दा नेपालमा ठूला उद्योगी मध्येका एक ग्रुपका मालिक सुलभ अग्रवाल पक्राउ परेका छन् ।

महानरीय प्रहरी अपराध महाशाखाको टोलीले नक्सालबाट ६७ थान थर्मल गन सहित पक्राउ गरेको हो । 

कीर्गिस्तानमा अवैतानिक महावाणिज्य दूत समेत रहेका उनी कूटनीतिक नियोगकै नम्बर प्लेट भएको गाडी चढेर कालोबजारी गर्न पुगेका थिए । 

अग्रवाललाई अहिले अपराध महाशाखा लगिएको महाशाखाका एसएसपी सहकुल थापाले भने, ‘थर्मल गन बाहेक अन्य स्वास्थ्य सामग्रीबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।’

शंकर ग्रुपले शनिबार मात्रै चीनको ग्वान्झाओबाट ७ टन स्वास्थ्य सामग्री ल्याएको थियो । त्यसमध्ये ज्वरो नाप्ने थर्मल गन अग्रवालले दोब्बर बढी रकममा बिक्री गरिरहेको सूचना पाएपछि उनलाई रंगेहात पक्राउ गरिएको हो । 

अग्रवालले कारोबजारी गरेको थाहा पाएपछि ग्राहकको भेषमा प्रहरीले उनलाई पक्राउ गरेको हो । 

कालोबजारीको सूचना आएपछि महाशाखाका एसपी हृदय थापाले ग्राहक बनेर अग्रवालका एजेण्टसँग थर्मल गनको ‘डिल’ गरेका थिए । 

सुरुमा प्रतिगोटा २० हजार पर्ने बताएका एजेण्टले पछि प्रतिगोटा १५ हजारमा कुरा टुंग्याएका थिए । एजेण्टले  एकहातले नगद र अर्को हात सामान दिने शर्त राखेपछि प्रहरीले १० लाख बराबरको सामान ल्याउन भनेको थियो । त्यही डिलका आधारमा ग्राहकको भेषमा रहेको प्रहरीले बोलाएकै ठाँउमा अग्रबाल कूटनीतिक नम्बर प्लेटको गाडी चढेर पुगेका थिए । 

त्यही बेला उनलाई पक्राउ गरिएको थापाले बताए । 

उनको नेतृत्व रहेको शंकर ग्रुपमा जगदम्बा सिमेन्ट, छड र धागो लगायतका उद्योग छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया