जीटुजी र कुटनीतिक नियोगमार्फत सामग्री खरिद गर्ने उच्चस्तरीय समितिको निर्णय

४ बर्ष अगाडि

सरकारले कोरोना भाइरस (कोभिड १८) परिक्षण, रोकथाम तथा उपचार सामग्री जीटुजी र कुटनीतिक नियोक मार्फत खरिद गर्न सक्ने निर्णय गरेको छ । 

नोभल कोरोना  (कोभिड १८) रोग रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठकले नेपाली सेनामार्फत जीटुजी प्रकृयाबाट र कुटनीतिक नियोकमार्फत सामान खरिद गर्ने निर्णय गरेको हो । 

बैठकमा अर्थ मन्त्री युवराज खतिवडा गृहमन्त्रीको राम बहादुर थापा, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली ,कृषिमन्त्री घनश्याम भूषाल, उद्योग मन्त्री लेखराज भट्ट ,सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी, मुख्य सचिव लोकदर्शन रेग्मी, गृहसचीव महेश्वर न्यौपाने, सदस्य सचिव नारायण विडारी ,उपरथी प्रभुराम शर्मा लगायत १०र१५जनाको उपस्तिथिमा रहेको थियो । 

यसअघि सरकारले ओम्नी ग्रुपलाई सामान खरिदको जिम्मा दिएपछि विवादमा परेको थियो । कमिसनका लागि विना प्रतिस्पर्धा ओम्नीलाई सामाग्री किन्न जिम्मा दिएको भन्दै चौतर्फी आलोचना भएपछि सरकाले उ सँगको सम्झौता रद्ध गरेको थियो । 

त्यसपछि सरकारले नेपाली सेनालाई सामान किन्ने जिम्मा दिएको कुरा सार्वजनिक भएको थियो । सेनालाई सामान किन्न दिएपछि पनि राजनीतिक नेतृत्वको गैरजिम्मेवारी पन भएको भन्दै राजनीतिक बृत्तमा आलोचना भएको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया